२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेश सरकारलाई ८५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

गण्डकी प्रदेश सरकारलाई ८५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण


विराटनगर-गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामग्रीहरुमा आइसोलेसन गाउन, फेसशिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जालगायतका सामाग्री रहेका छन् । यी सामग्रीहरुको मूल्य ८५ लाख रुपैयाँ बराबर रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वभर कोभिड—१९ को महामारी फैलिइरहेका बेलामा प्राप्त सहयोगको ठूलो महत्व हुने भनाइ राखेका थिए । सिमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालित भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न संघ संस्थाको सहयोगबाट कोभिड नियन्त्रण र रोकथामका काम गर्दै आएको उनको भनाइ थियो । प्राप्त सामग्रीको उचित सदुपयोग गर्न मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई निर्देशन समेत दिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले कोभिडले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाइन् ।

गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग नेपाल सरकारले तोकेको मापदण्ड अनुकूल हुनुपर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले सातवटै प्रदेशमा यी सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताइन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ