२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा फैलियो कोभिड संक्रमण

अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा फैलियो कोभिड संक्रमण


अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा कोभिड संक्रमण फैलिएको छ। संक्रमित विद्यार्थी अब अभिभावक, शिक्षक, स्टाफ वा अन्य व्यक्तिलाई संक्रमित बानाइरहेको छ।

पछिल्लो साता १ लाख ८० हजारमा संक्रमण देखिएको अमेरिकन एकेडमी अफ पीडियाट्रिक्स (एएपी)ले जनाएको छ।

एएपीका अनुसार बितेको ७ दिनमा २३ संक्रमित बालबालिकाको मृत्यु भएको छ। रिपोर्टकाअनुसार मार्च २०२०लाई लिएर अहिलेसम्म कुल ४६ लाख बालबालिकामा कोभिड-१९ पुष्टि भएको छ।

महामारीको सुरुवातदेखि नै अमेरिकामा संक्रमणको कुल केसमध्ये १० प्रतिशत भाग बालबालिकाको रहेको छ। विज्ञहरुले बालबालिकालाई संक्रमणबाट बचाउन सबै योग्य परिवारका सदस्यलाई खोप लगाउन सुझाएका छन् ।

 

&

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ