गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ विजया आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप विजया आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप हेल्थ आवाज बुधबार, २०७८ चैत्र १६ गते, १०:३५ मा प्रकाशित सांकेतिक तस्विर पोखरा—बाग्लुङ जिल्लाको बाग्लुङ बजार विजया आयुर्वेद फर्माका सञ्चालक रमाकान्त सापकोटा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । रक्तचाप परीक्षणका लागि फर्मामा आएकी एक महिलालाई रक्तचाप जाँचको बहानामा यौन दुर्व्यवहार गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सापकोटाले यसअघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुर्व्यवहार गर्ने गरेका पाइएको छ । विजया आयुर्वेद फर्मामा बिना इजाजत क्लिनिकसमेत सञ्चालन गरेको खुलासा भएको छ । बिरामी चेकजाँच गर्ने क्लिनिक सञ्चालनको छुट्टै अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएपनि फार्मेसीको अनुमतिमा क्लिनिक चलाउँदै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गर्न ५ म्याद थप गरी उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए । उनले अनुमति लिए नलिएको, दर्ता भए–नभएको लगायत सबै कुरामा अनुसन्धान गरिने भएपनि यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने