गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ विजया आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप विजया आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप हेल्थ आवाज बुधबार, २०७८ चैत्र १६ गते, १०:३५ मा प्रकाशित सांकेतिक तस्विर पोखरा—बाग्लुङ जिल्लाको बाग्लुङ बजार विजया आयुर्वेद फर्माका सञ्चालक रमाकान्त सापकोटा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । रक्तचाप परीक्षणका लागि फर्मामा आएकी एक महिलालाई रक्तचाप जाँचको बहानामा यौन दुर्व्यवहार गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सापकोटाले यसअघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुर्व्यवहार गर्ने गरेका पाइएको छ । विजया आयुर्वेद फर्मामा बिना इजाजत क्लिनिकसमेत सञ्चालन गरेको खुलासा भएको छ । बिरामी चेकजाँच गर्ने क्लिनिक सञ्चालनको छुट्टै अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएपनि फार्मेसीको अनुमतिमा क्लिनिक चलाउँदै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गर्न ५ म्याद थप गरी उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए । उनले अनुमति लिए नलिएको, दर्ता भए–नभएको लगायत सबै कुरामा अनुसन्धान गरिने भएपनि यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ