२०८३ असोज १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको जिम्मेवारी डा. अर्याललाई

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको जिम्मेवारी डा. अर्याललाई


धनगढी—सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी डा. निरज अर्यालले पाएका छन् । सामाजिक विकास मन्त्रालयले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी डा. अर्याललाई दिएको हो ।

उनी सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट हुन् । डा. अर्यालले शुक्रबार नै हाजिरी गरिसकेको बताएका छन्। ‘मन्त्रालयले जिम्मेवारी दिएपछि मैले आजदेखि कामकाज सुरु गरेको छु,’ डा. अर्यालले भने ।

स्वास्थ्य सामग्रीको आपूर्ति गर्ने यो कार्यालयमा सामाजिक विकास मन्त्रालयले यसअघि डा. अर्याललाई वि.सं. २०७७ असोजमा पनि निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ