२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटमा झाडापखालाबाट एक जनाको मृत्यु, औषधि अभाव

जाजरकोटमा झाडापखालाबाट एक जनाको मृत्यु, औषधि अभाव


जुम्ला—जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको मृत्यु भएको हो ।

स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीका अनुसार गत फागुन १८ गतेदेखि झाडापखाला कारण बिरामी भएका रोकाको मृत्यु भएको हो । साथै उनका छोरा १४ वर्षीय अनमोल रोका मगर बिरामी छन् ।

आइतबार स्वास्थ्य शाखा मजकोट र प्रहरी चौकी मजकोटको टोली उक्त स्थानमा पुगेर अनमोलको प्राथमिक उपचार गरेको शाहीले बताए । रोकालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । गाउँपालिकामा असोजदेखि औषधि अभाव छ ।

गाउँपालिकाले मंसिरमा २१ लाख ५० हजारको औषधि खरिद गर्दासमेत स्वास्थ्य संस्थामा नदिएको स्वास्थ्यकर्मीहरूको गुनासो छ । जाजरकोटमा यसअघि पनि विभिन्न समयमा झाडापखालाका कारण मानिसहरूको मृत्यु भएको थियो ।

तैपनि सरकारले दुर्गम क्षेत्रमा औषधि वितरणलाई व्यवस्थित गर्न सकिरहेको छैन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ