गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटमा झाडापखालाबाट एक जनाको मृत्यु, औषधि अभाव जाजरकोटमा झाडापखालाबाट एक जनाको मृत्यु, औषधि अभाव मानदत्त रावल मंगलबार, २०७९ फागुन २३ गते, १२:२० मा प्रकाशित जुम्ला—जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको मृत्यु भएको हो । स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीका अनुसार गत फागुन १८ गतेदेखि झाडापखाला कारण बिरामी भएका रोकाको मृत्यु भएको हो । साथै उनका छोरा १४ वर्षीय अनमोल रोका मगर बिरामी छन् । आइतबार स्वास्थ्य शाखा मजकोट र प्रहरी चौकी मजकोटको टोली उक्त स्थानमा पुगेर अनमोलको प्राथमिक उपचार गरेको शाहीले बताए । रोकालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । गाउँपालिकामा असोजदेखि औषधि अभाव छ । गाउँपालिकाले मंसिरमा २१ लाख ५० हजारको औषधि खरिद गर्दासमेत स्वास्थ्य संस्थामा नदिएको स्वास्थ्यकर्मीहरूको गुनासो छ । जाजरकोटमा यसअघि पनि विभिन्न समयमा झाडापखालाका कारण मानिसहरूको मृत्यु भएको थियो । तैपनि सरकारले दुर्गम क्षेत्रमा औषधि वितरणलाई व्यवस्थित गर्न सकिरहेको छैन । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको लिमीमा सडक अवरुद्ध हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला… कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने