२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमनिपाल मेडिकल कलेजमा एओर्टिक प्रविधीबाट मुटुको भल्ब प्रत्यारोपण

मनिपाल मेडिकल कलेजमा एओर्टिक प्रविधीबाट मुटुको भल्ब प्रत्यारोपण


पोखरा—पोखराको मणिपाल मेडिकल कलेजमा पहिलोपटक एओर्टिक प्रविधिबाट मुटुको भल्ब सफल प्रत्यारोपण गरिएको छ । शनिबार ८६ वर्षीय वृद्धको ट्रान्सक्याथेटर एओर्टिक भल्ब इम्प्लान्टेसन (टिएभीआई) भनिने भल्ब प्रत्यारोपण प्रविधीबाट मुटुको भल्ब प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अमितकुमार चौरासिया, डा.नवराज पौडेललगायतको चिकित्सक टोलीले ८६ वर्षीय कालीदास तिमिल्सिनाको मुटुको भल्ब प्रत्यारोपण गरेको हो । टोलीले झण्डै डेढ घन्टा लगाएर भल्ब प्रत्यारोपण गरेको थियो ।

मणिपाल शिक्षण अस्पालका निर्देशक डा. अभिषेक मास्केले पोखरामा यसप्रकारको उपचार हुनु प्रदेशकै लागि खुसीको कुरा भएको बताए ।

बिरामीको मुटुको मुख्य भल्ब सुकेर साँघुरो हुँदा मुटुका नसामा रगतको कमी भई बहाबमा जटिलता हुन्छ । यस्तो अवस्थाभा टिएभिई गर्नु उपयुक्त हुन्छ ।

यस्तो समस्याका लागि पहिले ओपनहार्ट र बाइहार्ट सर्जरी हुने गरेको भएपनि टिएभिआई पद्धति सुरु भएको हो । बिरामीलाई भेन्टिलेटर नराखेरै उपचार गर्न सकिने यो पद्धतिबाट पोखरामै पहिलो पटक उपचार गरिएको दाबी अस्पतालको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ