२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ शाह आत्महत्या प्रकरण : प्रेमी भनिएका डा. सन्दीप भट्टराई पुर्पक्षका लागि थुनामा

शाह आत्महत्या प्रकरण : प्रेमी भनिएका डा. सन्दीप भट्टराई पुर्पक्षका लागि थुनामा

घटनामा जोडिएका भनिएका अर्का विकल केसी ५० हजार धरौटीमा रिहा


धनगढी—कैलालीस्थिति धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया फिजियोथेरापिष्ट डा. प्रसन्ना शाह मृत भेटिएको घटनामा अनुसन्धानमा रहेका डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । सोमबार जिल्ला अदालत कैलालीले डा. भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले आत्महत्या दुत्साहनमा अनुसन्धान भइरहेका डा. भट्टराईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको बताए । पालकाअनुसार सोही मुद्धामा अनुसन्धानमा रहेका विकल केसी ५० हजार धरौटीमा रिहा भएका छन् ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. शाह ४ जेठमा आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

डा. शाहका आफन्त दिएको जाहेरी अनुसार पूर्व प्रेमी भनिएका धनगढीकै विकल केसी र डा. सन्दीप भट्टराईलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ