२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस

बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस


धनगढी—धनगढीमा झण्डै तीन किलो चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् । सोमबार बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलो ८ सय ग्राम चरेससहित धनगढीमा समातिएका हुन्।

बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई धनगढी ३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआईटी, संघीय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ