२०८२ मंसीर ४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु

मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु


चरिकोट—मकालु बेस क्याम्प घुम्न पुगेका दोलखा मेलुङ गाउँपालिका–७ का डा. अरुण कार्कीको मृत्यु भएको छ । ४३ वर्षीय डा. कार्कीको लेक लागेर मृत्यु भएको हो ।

१ मंसिरमा मकालु बेस क्याम्प पुगेका कार्कीको उच्च हिमाली क्षेत्रमा अचानक स्वास्थ्यमा समस्या देखा परेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मकालु बेस क्याम्प नजिकै असहज महसुस भएपछि तत्काल सहयोग नपाउँदा उनको मृत्यु भएको प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको हो ।

प्रहरीकाअनुसार घटनाबारे जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा घटनास्थलतर्फ खटिएको थियो । उक्त टोलीले ३ मंसिरमा एभरेष्टको हेलिकप्टरमार्फत शव संखुवासभाबाट काठमाडौं पठाएको हो ।

स्थानीयका अनुसार डा. कार्की जनस्वास्थ्य कार्यालय दोलखाका पूर्वप्रमुख कुमार विक्रम कार्की र मैया कार्कीका छोरा हुन् । डा. अरुण कार्की छाला रोग विशेषज्ञ समेत रहेका जनाइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ