२०८२ चैत्र ८, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ

सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ


वीरेन्द्रनगर—सुर्खेत प्रहरीले एम्बुलेन्स चालकमाथि हातपात गरी एम्बुलेन्स तोडफोडमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । शनिबार प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–११, का २० वर्षीय प्रवीण गहतराज, १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२।००१ झ ०१३८ नम्बरको एम्बुलेन्सलाई सुर्खेतको सादिखोलामा रोकेर मादक पदार्थ सेवन गरेका ८÷९ जनाको एक समूहले चालकमाथि हातपात गर्नुका साथै एम्बुलेन्स तोडफोड गरेको थियो ।

घटना लगतै एम्बुलेन्स तोडफोड र चालकमाथि हातपात गर्ने उक्त समूहको खोजी गर्ने क्रममा शनिबार दिउँसो प्रहरीले तीनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

उनले उक्त समूहको आक्रमणबाट सल्यानको कुमाख गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्सको सिसा र बडीमा क्षति पुग्नुका साथै चालकमाथि सामान्य हातपात भएको बताए ।

सल्यानको कुमाख गाउँपालिका–३, का ३२ वर्षीयय एम्बुलेन्स चालक वसन्त शर्माले आफूलाई कुटपिट गर्नुका साथै एम्बुलेन्स तोडफोड गरेपनि बिरामीलाई सकुशल नेपालगन्ज पु¥याएको प्रहरीलाई दिएको जाहेरीमा बताइएको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजीकार्य तीव्र पारिएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ