२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा राष्ट्रिय स्वास्थ्य सम्मेलन सम्पन्न, स्वास्थ्य सेवा कमजोर हुदैं गएको विज्ञको गुनासो

पोखरामा राष्ट्रिय स्वास्थ्य सम्मेलन सम्पन्न, स्वास्थ्य सेवा कमजोर हुदैं गएको विज्ञको गुनासो


पोखरा-पोखरामा राष्ट्रिय स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलनमा संघीय स्वास्थ्य प्रणालीको पुनः संरचनाको विषयमा छलफल भएको थियो ।

सम्मेलनमा सहभागी विज्ञहरुले हाल स्वास्थ्य सेवा कमजोर हुँदै गएको गुनासो गरे । संघीयतामा सरकारले कस्तो भूमिका खेल्ने भन्ने बिषयमा प्रष्ट नभएकोले गर्दा समस्या परेको उनीहरुको भनाइँ थियो । देश संघीयतामा गएसँगै मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा थप प्रभावकारी हुनुपर्नेमा हुन नसकेकोमा उनीहरुको गुनासो थियो ।

सम्मेलनमा स्वास्थ्य सम्बन्धि दिगो विकास लक्ष्य तथा संघीय स्वास्थ्य प्रणालीको पुनःसंरचनाको आवश्यकता सम्बन्धमा समेत छलफल भएको छ । मौलिक हकमा रहेको स्वास्थ्य सेवा अझै पनि देशका जनताले सहज रुपमा प्रयोग गर्न नपाएको उनीहरुले दाबी गरेका छन् । कार्यक्रममा ७ जना विज्ञहरुले नसर्ने रोग, सरुवा रोग, मातृशिशु स्वास्थ्य र पोषण र स्वास्थ्य विमा जस्ता स्वास्थ्य अनुसन्धानका मुख्य बिषयमा आ–आफ्नो प्रस्तुती दिएका थिए ।

जनस्वास्थ्यका प्राध्यापक डा.शरदराज वन्तले विश्व कार्ययोजना स्वास्थ्य सम्बन्धि दिगो विकास लक्ष्य प्राप्तीको मार्ग, प्रा.डा.राजेन्द्रकुमार बि.सी.ले तथ्य निर्माण प्रणाली र स्वास्थ्य सम्बन्धि दिगो विकास लक्ष्यजस्ता विषयहरुमा प्रस्तुती राखेका थिए । त्यसैगरी कार्यक्रममा सह-प्राध्यापक राजेन्द्र कार्की, प्रा.डा. सुजन बाबु मरहट्टा, खिमबहादुर खड्का, सह-प्राध्यापक डा. उमाशंकर प्रसादलगायतले आ–आफ्नो प्रस्तुती राखे ।

सह-प्राध्यापक डा. तुल्सीराम भण्डारीले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । डा. दीपेन्द्रप्रसाद यादवले २०३० मा दिगो लक्ष्य प्राप्तिको लागि सबै नेपालीलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने सरकारको लक्ष्यलाई सवै क्षेत्रबाट सहयोग आवश्यक भएको बताए । स्वास्थ्य बिमा व्यबस्था पनि कमजोरले गर्दा केही असन्तुष्टि रहेको उनले जनाए ।

आयोजक कमिटीका अध्यक्ष समेत रहेका सह-प्राध्यापक डा. डमरुप्रसाद पनेरुले देशको क्षेत्र र भेगमा फरक फरक स्वास्थ्य सम्बन्धि सेवा आवश्यक भएकोले हाल जनतशक्ति अभावमा जनताले मौलिक हकको रुपा रहेको स्वास्थ्य सेवा सहज ढंगले प्रयोग गर्न नपाएको जनाए । सदस्य सचिव सह-प्राध्यापक डा. दीपेन्द्रकुमार यादवले स्वास्थ्य बिमा संचालन भएका स्थानहरुमा जनतालाई सहज ढंगले सेवा प्रदान नभएको गुनासो आएकोले त्यसको नियमन गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य बिमा हाल देशका ५१ जिल्लामा पुगेको र करिब १२ प्रतिशत जसो जनता यसबाट लाभान्वित भएको उनले जनाए ।

स्कुल हेल्थ एण्ड अलाइड साइन्सेस र स्वास्थ्य विज्ञान संकाय, पोखरा विश्वविद्यालयको संयुक्त आयोजना र विश्वविद्यालय अनुदान आयोगको आशिंक वित्तिय सहयोगमा संचालन भएको कार्यक्रममा जनस्वास्थ्यका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारी, स्नातकोत्तर र स्नातक तहका बिद्यार्थीहरु सहित एक सय ६० जनाको सहभागिता रहेको उपप्राध्यापक चिरन्जिबी अधिकारीले बताए । सम्मेलनको बारेमा जानकारी दिन आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ