२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा थप २४ मा कोरोना पुष्टी, जम्मा ३४८

गण्डकी प्रदेशमा थप २४ मा कोरोना पुष्टी, जम्मा ३४८


पोखरा-गण्डकी प्रदेशका ४ जिल्लाका थप २४ जनामा कोभिड १९(कोरोना) संक्रमण पुष्टी भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोद विन्दु शर्माका अनुसार संक्रमण थपिनेहरुमा नवलपरासी पुर्वका २, बाग्लुङ्गका १४, कास्कीका ६ र स्याङ्गजाका २ रहेका छन् ।

उनका अनुसार नवलपरासी पुर्व बिनयत्रिवेणी गाउपालीकाका २ पुरुष, बाग्लुङ्ग गल्कोट नगरपालीकाका ६ पुरुष र २ महिला गरी ८ जना, काठेखोला गाउपालीकाका ६ पुरुष, कास्की जिल्ला पोखरा महानगरपालीकाका ३ पुरुष र २ महिलार रुपा गाउपालीकाका १ पुरुष रहेका छन् ।

त्यसैगरी स्याङ्गजा विल्ला कालिगण्डकी गाउपालीकाका १ र स्याङ्गजाकै ठेगना नखुलेका ६३ वर्षीय अर्का पुरुषमा पनि संक्रमण पुष्टी भएको उनले जानकारी दिए ।

पछिल्लो २४ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै यो प्रदेशमा जम्मा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ