२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपहिलो चरणमा कोरोनामुक्त चुमनुब्रीका शिक्षक र वडा सचिवमा कोरोना

पहिलो चरणमा कोरोनामुक्त चुमनुब्रीका शिक्षक र वडा सचिवमा कोरोना


पोखरा—पहिलो चरणको कोरोना महामारीमा कोरोनामुक्त रहेको चुमचुब्री गाउँपालिकासमेत दोस्रो चरणमा अछुतो रहन सकेन । दोस्रो चरणमा २ जना शिक्षक र १ वडा सचिवमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

शिक्षक कर्मचारीमा कोरोना पुष्टि भएको भएपनि उनीहरु गोरखा बजारमा रहेकै बेला संक्रमण भएको र उनीहरुको सदरमुकाममा नै जाँच गर्दा कोरोना पुष्टि भएको अध्यक्ष गुरुङ बताउँछन् । उनी भन्छन्, ‘भगवान्ले साथ दिएकाले कर्मचारी चुमनुब्रीकै भएपनि अहिलेसम्म गाउँपालिकामा कोरोना छिर्न पाएको छैन ।’

यस्तै, गोरखाको भीमसेन थापा गाउँपालिकाका कोरोना संक्रमित १ वृद्धको होम आइसोलेसनमै ज्यान गएको छ । गत चैत्र २८ गते कोरोना पुष्टि भएक ती पुरुषको वैशाख ४ गते नै मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार २६३ पुगेको छ । पछिल्लो २४ घन्टामा गरिएको १०७ पिसिआर परीक्षणमध्ये ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । संक्रमित हुने कास्कीमा २३, नवलपरासी पूर्वमा ५, तनहुँमा २, म्याग्दीमा २ जना छन् । मध्यबिन्दू जिल्ला अस्पतालमा मंगलबार गरिएको परीक्षणबाट ५ जना पत्ता लागेको छ भने पोखराको लाइफ केयर एन्ड डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणबाट २७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयकाअनुसार गण्डकीमा कुल १ लाख ३९ हजार ९१४ जनाको पिसिआर जाँच गरिएको छ । कुल संक्रमित १७ हजार २६३ मध्ये १६ हजार ४९२ जना निको भएका छन् । गण्डकीमा ५६२ जना सक्रिय संक्रमित छन् भने ५२२ जना होम आइसोलेसनामा छन् ।

गण्डकीका मनाङ र मुस्ताङमा कोरोना संक्रमित नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा पर्वत, गोरखा, लमजुङ, बागलुङ र स्याङजामा भने कोरोना संक्रमित भेटिएका छैनन् । तथापि कोरोना संक्रमित नभएका भने होइनन् ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #कोरोना, #गण्डकी स्वास्थ्य निर्देशनालय, #पिसिआर परीक्षण


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ