२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा महानगरले १ सय बेडको आइसोलेसन बनाउँदै

पोखरा महानगरले १ सय बेडको आइसोलेसन बनाउँदै


पोखरा-पोखरा महानगरले महानगरअन्तर्गतको शिशुवा अस्पताल मातहत रहने गरी एक सय शैय्याको कोरोना आइसोलेसन वार्ड निर्माण सुरु गरेको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेकोे पोखरा २७ मा रहेको भवनमा कोरोना आइसोलेसन वार्ड निर्माण गर्न थालिएको हो ।

उक्त कार्यका लागि महानगरले साढे ३३ लाखको टेन्डर आह्वान गरेको छ । आइसोलेसन सञ्चालन गर्न उपयुक्त हुने गरी भौतिक संरचना निर्माण र भवन मर्मतका लागि साढे ८ लाख र अक्सिजन बन्दोबस्त तथा पाइपलाइन विस्तारका लागि २५ लाखको छुट्टाछुट्टै टेन्डर गरिएको छ ।

पोखरा उपमहानगरपालिकामा लेखनाथ नगरपालिका गाँभिएर पोखरा महानगरपालिका बनेको हो । नगरपालिकाको कार्यालय रहेको भवन वडा नम्बर २७ को कार्यालयका रुपमा प्रयोग भएको थियो । पोखरा २७ को वडा कार्यालय भने अब भाडाको घरमा सारिने भएको छ ।

पोखरा २७ का अध्यक्ष पूर्णबहादुर गुरुङ महानगरले निर्णय टेन्डर आह्वान गरेको सुनेको तर पूर्ण जानकारी नपाएको बताउँछन् । उनले महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माबाट अस्पताल बनाएपछि फेरि खेर नजाने गरी काम गर्न लागिएको जानकारी पाएको बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले महानगरको लगानीमा थालिएको र अन्य संघसंस्थाको सहयोग लिन सकिने बताए ।

९५ बेडलाई अक्सिजन पुग्ने गरी स्टीमेट गरी पाइपलाइन विस्तार गर्न टेन्डर आह्वान गरिएको प्रमुख शर्माले बताए । उनका अनुसार २४ सिलिन्डरको मिनिफोल्ड र हाइफ्लो अक्सिजन दिन सकिने व्यवस्था हुनेछ । प्रमुख शर्माले आइसोलेसन वार्डका लागि कति लगानी लाग्छ भन्ने अहिले नै भन्न नसकिने बताउँछन् ।

यसैबीच कोभिड युनिटलाई स्वास्थ्य सामग्री सहयोग गर्ने गरी लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ को तर्फबाट पहल सुरु भएको बताइएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ