२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा साढे ५ सय रिक्त बेडमा कोभिड–१९ का बिरामी भर्ना गर्न सकिने

गण्डकीमा साढे ५ सय रिक्त बेडमा कोभिड–१९ का बिरामी भर्ना गर्न सकिने

प्रदेशमा ६९७ आइसोलेसन, २ सय आईसीयु, ७७ भेन्टिलेटर र २६८ एचडीयु बेड


पोखरा-विश्वभर महामारीको रुपमा फैलिएको कोभिड– १९ नेपालमा दोस्रो र तेस्रो भेरियन्ट फैलिएको छ । कोभिड–१९ का दोस्रो र तेस्रो भेरियन्टका बिरामीमध्ये धेरैजसोलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको चिकित्सक बताउँछन् ।

कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइसोलेसन, आईसीयु र भेन्टिलेटरका साथै एचडियु बेड आवश्यक हुन्छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशमा बिरामी थेग्न सक्ने गरी बेड भएको विवरण दिएको छ ।

निर्देशनालयकाअनुसार कुल ६९७ आइसोलेसन, २०० आईसीयु, ७७ भेन्टिलेटर र २६८ एचडियु बेड रहेका छन् । कास्कीका १९ र कास्कीबाहिर ११ अस्पताल गरी कुल ३० अस्पतालमा उक्त संख्यामा बेड रहेको छन् ।

बुधबारसम्म ६९७ आइसोलेसनमध्ये ३७५ बेडमा बिरामी छन् भने ३२२ बेड खाली रहेका छन् । यस्तै २ सय आईसीयुमध्ये १३२ बेडमा बिरामी छन् भने ५६ बेड खाली छन् । विभिन्न अस्पतालका १२ वटा बेड मर्मतकै क्रममा रहेको निर्देशनालयले प्रष्ट्याएको छ ।

प्रदेशभरका ७७ भेन्टिलेटर बेडमध्ये ३० वटामा बिरामी छन् भने ४७ वटा खाली छन् । यस्तै, प्रदेशभरका २६८ एचडियु बेडमध्ये १९३ मा बिरामी छन् भने ७५ बेड खाली रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले बुधबार दिएको जानकारी अनुसार प्रदेशभरमा ७ सय र कास्कीका ५४३ बेडमा बिरामी भर्ना भएका छन् ।

बुधबारसम्म साढे ५ सय जति बेड खाली रहेको विवरण दिएको भएपनि प्रदेशका अस्पतालहरुले बेड खाली छैनन् भन्ने गरेको गुनासो बिरामीका आफन्तहरुले गर्ने गरेका छन् ।

कास्कीमा मात्रै ५१० आइसोलेसन बेड

गण्डकी स्वास्थ्य निर्देशनालयले गण्डकीको कास्की १९ वटा हस्पिटलमा मात्रै ५१० आइसोलेसन बेड रहेको जनाएको छ । कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८, मनिपाल शिक्षण अस्पतालमा २१, संक्रामक तथा सरुवा रोग अस्पतालमा १५, चरक मेमोरियल अस्पतालमा ६९, गण्डकी मेडिकल कलेजमा १११, मेडिप्लस हस्पिटलमा ४१ तथा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ३२ आइसोलेसन बेड रहेको निर्देशनालयले जनाएको छ ।

रिजनल अस्पतालमा २०, फेवासिटी अस्पतालमा २५, कास्की मोडल अस्पतालमा २६, दीर्घायु हस्पिटलमा ५, ग्यालेक्सी हस्पिटलमा १७, फिस्टेल अस्पतालमा ४, कास्की सेवा हस्पिटलमा १०, मेट्रो सिटी हस्पिटलमा १५, ओम हस्पिटलमा १६, जनप्रिय हस्पिटलमा २५, नमस्ते हस्पिटलमा १५, सहारा हस्पिटलमा ५ आइसोलेसन बेड रहेका छन् ।

यस्तै, जिल्ला अस्पताल लमजुङमा १०, स्याङ्जामा १०, मनाङमा ५, गोरखामा १४, मुस्ताङमा ८ आइसोलेसन बेड रहेका छन् । यस्तै धौलागिरी हस्पिटल बागलुङमा १५, मध्यबिन्दु अस्पताल नवलपुरमा ४०, बेनी हस्पिटल म्याग्दीमा ३०, दमौली अस्पताल तनहुँमा २५, जिपी कोइराला श्वासप्रश्वास रोग हस्पिटल तनहुँमा ३० आइसोलेसन बेड रहेका छन् । जिल्ला अस्पताल पर्वतमा भने एउटा पनि आइसोलेसन बेड नरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशभर २ सय आईसीयु बेडमध्ये कास्कीमा मात्रै १८०

कास्कीका १९ वटा हस्पिटलमा मात्रै १८० आईसीयु बेड रहेका छन् भने कास्की बाहिर जम्मा २० आईसीयु रहेका छन् । कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५, मनिपाल शिक्षण अस्पतालमा १५ आईसीयु बेड छन् । चरक मेमोरियल अस्पतालमा १६, गण्डकी मेडिकल कलेजमा ४९, मेडिप्लस हस्पिटलमा ६ तथा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ८ आईसीयु बेड रहेको निर्देशनालयले जनाएको छ ।

फेवासिटी अस्पतालमा ६, कास्की मोडल अस्पतालमा ७, दीर्घायु हस्पिटलमा ६, ग्यालेक्सी हस्पिटलमा ७, फिस्टेल अस्पतालमा ४, कास्की सेवा हस्पिटलमा १०, मेट्रो सिटी हस्पिटलमा ४, जनप्रिय हस्पिटलमा १२, नमस्ते हस्पिटलमा ५, सहारा हस्पिटलमा ३ आईसीयु बेड छन् ।

कास्कीबाहेक जिल्ला अस्पताल लमजुङमा ५, धौलागिरी हस्पिटल बागलुङमा ३, मध्यबिन्दु अस्पताल नवलपुरमा ५, दमौली अस्पताल तनहुँमा ७, आईसीयु बेड रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका कुन अस्पतालमा कति भेन्टिलेटर र कति एचडियु ?

गण्डकी प्रदेशभर जम्मा ७७ भेन्टिलेटर रहेका छन् । जसमध्ये कास्कीमा मात्रै ६५ वटा रहेका छन् । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७, मणिपाल शिक्षण अस्पतालमा १०, चरक मेमोरियलमा ७, गण्डकी मेडिकल कलेजमा १३, मेडिप्लसमा ३ भेन्टिलेटर बेड रहेका छन् । निर्देशनालयकाअनुसार पश्चिमाञ्चल सामुदायिकमा २, फेवासिटीमा २, दीर्घायुमा २, ग्यालेक्सीमा १, फिस्टेलमा ४, कास्की सेवामा ८, मेट्रोसिटीमा ४, नमस्तेमा ५ भेन्टिलेटर छन् ।

यस्तै, लमजुङ अस्पतालमा ३, धौलागिरी अस्पतालमा ५ र दमौली अस्पतालमा ४ भेन्टिलेटर बेड रहेको निर्देशनालयले जनाएको छ ।

कास्कीका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०, मणिपाल शिक्षण अस्पतालमा ३७, संक्रामक तथा सरुवा रोग अस्पतालमा ४० एचडियु बेड छन् । यस्तै, चरक मेमोरियलमा ७, गण्डकी मेडिकल कलेजमा १५, मेडिप्लसमा ३, फेवासिटीमा १, ग्यालेक्सीमा १३ र मेट्रोसिटीमा ११ एचडियु बेड रहेका छन् । कास्कीमा मात्रै १५७ एचडियु बेड रहेको छन् ।

यसैगरी जिल्ला अस्पताल लमजुङमा २५, स्याङ्जामा १०, मनाङमा ७, धौलागिरी अस्पताल बागलुङमा ३२, जिल्ला अस्पताल पर्वतमा ३१, बेनी अस्पताल म्याग्दीमा ६ एचडियु बेड रहेका छन् । प्रदेशभर कूल २६८ एचडियु बेड रहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ