२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ४३३ कोरोनामुक्त, १३७२ जनामा संक्रमण पुष्टि

गण्डकीमा ४३३ कोरोनामुक्त, १३७२ जनामा संक्रमण पुष्टि


पोखरा – गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ४३३ जना कोरोनामुक्त भएका छन् । यससँगै गण्डकीमा कूल २१ हजार ३९८ जना कोरोनामुक्त भएका छन् ।

बिहीबार सार्वजनिक विवरणअनुसार १हजार ३७२ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा १८८ जना रहेका छन् भने ९ हजार ९०९ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ६१५ महिला र ७५७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार स्याङ्जाका सबैभन्दा धेरै ६११, कास्कीका ३५३ र गोरखाका १५६ जना रहेका छन् ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २२ जनाको ज्यान गयो । योसँगै कूल ज्यान गुमाउनेको संख्या ४७४ पुगेको छ । निर्देशनालयका अनुसार बिहीबार गोरखाका ३, तनहुँका १, कास्कीका ७, बागलुङका २, स्याङ्जाका ४ र नवलपरासी सुस्तापूर्वका ५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

 


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ