२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ मुख्यमन्त्रीले सम्हाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

मुख्यमन्त्रीले सम्हाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी


पोखरा–गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैंले जिम्मेवारी लिएको स्वास्थ्य मन्त्रालयको शुक्रबार पदभार ग्रहण गरेका छन् । दोस्रो पटक मुख्यमन्त्री बनेका गुरुङले पदबहाली भएपछि मन्त्रालय फुटाएर छुट्टै स्वास्थ्य मन्त्रालय बनाएका थिए ।

यसअघि स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालयअन्तर्गत नै रहेको थियो ।

पदभार ग्रहण गरेसँगै गुरुङले कर्मचारीहरुलाई जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । शुक्रबार नै मुख्यमन्त्री गुरुङले समान ५ लाख ७३ वटा पालिकाकालाई स्वास्थ्य सामग्री खरिद र कोरोना नियन्त्रणमा खर्च गर्न पाउने गरी उपलब्ध गराउने निर्णय गरेका छन् ।

कोभिड–१९ रोकथामका लागि सरोकारवाला सबैपक्षसँग समन्वय र सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए । अहिले बजेट उपलब्ध नभएका १२ पालिकालाई माग भएपश्चात् पठाउने बताएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ