२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसाझा प्रयोगशाला निर्माणमा जुटे तनहुँका ९ पालिका

साझा प्रयोगशाला निर्माणमा जुटे तनहुँका ९ पालिका


पोखरा–तनहुँको व्यास नगरपालिका–१० दुम्सीबजारमा पिसिआर परीक्षणसमेत गर्न सकिने गरी साझा प्रयोगशाला निर्माण गर्न लागिएको छ । तनहुँका ९ वटा पालिकाको सहभागिता र आर्थिक व्यवस्थापनमा साझा प्रयोगशाला निर्माण गर्न लागिएको व्यास नगरपालिकाका मेयर बैकुण्ठ अर्यालले जानकारी दिए ।

आपसी समझदारीमा नै प्रयोगशाला बनाउन लागिएको जानकारी दिँदै गत वर्ष नै निर्णय भएको उनले बताए । उनकाअनुसार व्यास–१० स्थित दुम्सी आधारभूत स्वास्थ्य केन्द्र भवनलाई नै प्रयोगशाला भवन बनाइनेछ भने स्वास्थ्य केन्द्रका लागि छुट्टै भवन निर्माण हुनेछ । विभिन्न प्रक्रिया पूरा गरी ल्याब सञ्चालन गर्न करिब १ महिनामा सम्भव हुने उनको अनुमान छ ।

‘काठमाडौ कीर्तिपुरमा प्रयोगशाला चलाएका साथीहरुको अनुभव र प्रयोगशालामा काम गरेका साथी ल्याएर अध्ययन गराएर अघि बढेका हौं,’ मेयर अर्यालले भने, हामीले जिपी श्वासप्रश्वास अस्पतालको प्राङ्गणमा निर्माण गरेको भवन कोभिड महामारी घटेको महसुस गरी जिपी हस्पिटललाई नै हस्तान्तरण ग¥यौं ।’ अहिले करिब १ करोड खर्च हुने अनुमान गरिएको उनको भनाइ थियो ।

एकपटकमा जम्मा ८ वटा मात्र पिसिआर परीक्षण गर्न सकिने हुनाले डोनेसनमा पाएको पिसिआर मेसिन उपयोग गर्न नसकिएको मेयर अर्यालले बताए । उनले भने, ‘ल्याब सञ्चालन गरेपछि सबै व्यवस्थापन उही हुने हो । तर, पिसिआर रिपोर्ट अढाई घन्टामा जम्मा ८ वटा मात्रै, सेवा कम । अब अर्काे ९६ वटा जाँच गर्न मिल्ने मेसिन ल्याएर व्यवस्थापन गरेपछि त्यसलाई पनि सञ्चालन गरिनेछ ।’ विभिन्न संघसंस्था, विदेशमा रहेका दाजुभाइ र पालिकाहरुको समन्वयमा आर्थिक स्रोत व्यवस्थापन गर्ने तय भएको छ ।

म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाआले गत वर्ष बनाउने निर्णय भएपछि आर्थिक भार पर्ने भन्दै निर्णय बदर गरिएको बताउँछिन् । उनले भनिन्, ‘पोहोर नै बनाउन पाएको भए अहिले यो महामारीमा जनतालाई कति सुविधा हुन्थ्यो । अब त महामारीपछि होलाजस्तो भयो ।’ फरक प्रसंगमा गाउँपालिकामा अक्सिजनसहित ५ बेडको आइसोलेसन रहेको र ५ बेड थप्नेबारे छलफल भइरहेको उनले बताइन् । सबैतिरबाट सहयोगको आश्वासन आइरहेको उनको भनाइ छ ।

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले तनहुँका ९ वटा पालिकाको सहमतिमा प्रयोगशाला निर्माण गर्न लागिएको प्रष्ट्याउँदै देवघाट गाउँपालिका भने प्रयोगशाला निर्माणमा जुटेको छैन । मेयर गुरुङले भने, ‘देवघाट भौगोलिक रुपमा पनि अलि टाढा भएको र भरतपुर महानगरसँग सहकार्य गर्दा राम्रो हुने ठानियो । आइसोलेसन निर्माणमा भने सहकार्य भएको थियो ।’

उनले फरक प्रसंगमा भने, ‘नगरपालिकाभित्र अक्सिजनसहितको आइसोलेसन छैन, अक्सिजनसहितको ३० आइसोलेसन बेड व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ