२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ

अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ


पोखरा–गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन शिलान्यास गरेका छन् । प्रदेश मातहतको संक्रामक तथा ंसरुवा रोग अस्पताल परिसरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन शिलान्यास गरेका हुन् ।

यस्तै, मुख्यमन्त्री गुरुङले संक्रामक तथा सरुवा रोग अस्पतालको भवन पनि शिलान्यास गरेका छन् । अस्पतालका निर्देशक विकास गौचनकाअनुसार भवन ५० बेड क्षमताको हुनेछ । अस्पताल भवन भने अहिले अस्पताल भइरहेको ठाउँभन्दा केहीमाथि शिलान्यास गरिएको हो ।

यसैबीच संक्रामक तथा सरुवा रोग अस्पतालमा भेन्टिलेटरसहितको आईसीयु सेवाको पनि शुभारम्भ गरिएको छ । निर्देशक गौचनकाअनुसार ७ बेड भेन्टिलेटरसहितको आईसीयु कक्ष रहेको छ । अस्पतालमा ५० बेड क्षमता भनिएतापनि केही थप बिरामीको समेत उपचार हुने गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला र अस्पताल भवनका लागि टेन्डर आह्वान भइसकेको निर्देशक गौचनले जानकारी दिए । उनकाअनुसार अस्पताल भवनका लागि सहरी विकास योजनामार्फत ५३ करोड ७५ लाखमा ३ वर्षमा ५० बेडको अस्पताल भवन निर्माण गर्ने गरी टेन्डर आह्वान भएको छ । संघीय योजना कार्यान्वय इकाईमार्फत १४ करोड ३० लाख लागतमा करिब डेढ वर्षमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण हुन लागेको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन बन्न लागेको हो भने अस्पताल भवन बन्नेछ ।

भवन निर्माणपछि सरुवा रोगबाट ग्रसित बिरामीको उपचारका लागि अन्यत्र पठाउनु नपर्ने विश्वास गरिएको छ । ‘यसअघि दक्ष जनक्तिको अभावमा पूर्णरुपमा आइसियु सञ्चालन गर्न नसक्दा आईसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी अन्यत्र रिफर गर्नुपर्ने बाध्यता थियो,’ निर्देशक गौचनले भने ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भवन निर्माण तीव्र हुने विश्वास व्यक्त गरेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)