२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशव्यासको पिसिआर ल्याबलाई साढे ८७ लाखको स्रोत पक्का

व्यासको पिसिआर ल्याबलाई साढे ८७ लाखको स्रोत पक्का


पोखरा–व्यास १० दुम्सी बजारमा स्थापना गर्न लागिएको पिसिआर परीक्षण समेत गर्न सकिने प्रयोगशालाका लागि प्रदेश र संघीय सरकारले सहयोग गरेका छन् । यसका साथै व्यासका जनप्रतिनिधि र सिर्जनशील महिला समूहले समेत सहयोग रहने भएको छ ।

प्रयोगशालाका लागि संघ सरकार अर्थमन्त्रालयबाट पिअिआर मेसिन खरिद गर्ने गरी २५ लाख र गण्डकी प्रदेश सरकारबाट ५० लाख विनियोजन भएको व्यास नगरका मेयर बैगुण्ठ न्यौपानले बताए । उनकाअनुसार प्रदेश सरकारबाट प्राप्त रकम प्रयोगशालाको भौतिक व्यवस्थापन तथा सामग्री खरिदमा खर्च गरिनेछ ।

जनप्रतिनिधिहरुको १ महिनाको तलबभत्ताबाट १२ लाख, सिर्जनशील महिला समूहबाट ५० लाख गरी कूल ८७ लाख ५० हजार स्रोत निश्चित भएको मेयर अर्यालले उल्लेख गरे ।

करिब १ करोड खर्च लागत अनुमान गरिएको व्यासका मेयर न्यौपानले बताए । अन्य सामाजिक संघसंस्था तथा विदेशमा रहेका दाजुभाइबाट पनि सहयोग आउने उनको विश्वास छ । अब स्थापनामा कठिनाई नहुनेमा उनी ढुक्क छन्, त्यसबाहेक अरु पालिकाको पनि साथ छँदैछ ।

जिल्लाका देवघाट गाउँपालिकाबाहेक ९ पालिका एकमत भएर गत वर्ष नै ल्याब सञ्चालन गर्ने निष्कर्षमा पुगेको भएपनि अन्तिम अवस्थामा आर्थिक भार बढी हुने भन्दै स्थगित भएको थियो । मेयर अर्यालले अन्य पालिकालाई रकम अपुग भएमामात्रै सहयोगको अपिल गरिने स्पष्ट पारे ।

‘पिसिआर मेसिन खरिदका लागि टेन्डर भइसकेको छ । अन्य काम त कोटेसनका आधारमा नै हुनेछ,’ मेयर अर्यालले भने । उनकाअनुसार भौतिक व्यवस्थापनको काम पनि सुरु भइसकेको छ ।

कोभिड–१९ को दोस्रो भेरियन्टसँगै बिरामीको चाप उच्च भयो । पिसिआर जाँचका लागि पोखरा पठाइएका स्वाबको रिपोर्ट आउन १ हप्ताभन्दा बढी लाग्न थालेपछि व्यासमै प्रयोगशाला निर्माण अगाडि बढाइएको हो । कतिपय अवस्थामा बिरामीको मृत्यु भएर अन्त्येष्टि पनि सकिएपछि रिपोर्ट आउने गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ