२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा महानगरको कोभिड अस्पताल उद्घाटन

पोखरा महानगरको कोभिड अस्पताल उद्घाटन


पोखरा–साविक लेखनाथ नगरपालिकाको भवनमा पोखरा महानगरपालिकाले स्थापना गरेको कोभिड उपचार केन्द्रको प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । पोखरा महानगरपालिकाले करिब २ करोड लागतमा निर्माण गरेको उक्त केन्द्रमा ५० बेड तयारी अवस्थामा छन् भने थप ५० बेड तयार गर्ने योजना छ ।

महानगरले कोभिड–१९ संक्रमितको उपचार र कोभिड–१९ नियन्त्रणका लागि लायन्स क्लबको सहयोगमा केन्द्र स्थापना गरेको हो । शिशुवा अस्पताल मातहत रही केन्द्र सञ्चालन हुने पोखरा स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । उनका अनुसार कोभिड उपचार केन्द्रलाई पछि महानगर अस्पतालकै रुपमा विकास गरिनेछ । ‘अहिले नै बिरामी भर्ना गरिहाल्ने गरी तयारी नभएको र अहिले शिशुवा अस्पताल मातहत सञ्चालन गरिने भएकाले ह्यान्डओभरमात्रै गरिएको हो,’ उनले भने ।

लायन्सले बेडसहित सर्जिकल सामग्री, दराज, म्याट्रेस, अक्सिजन कन्सन्ट्रेटर, सोलार, पर्दालगायत सामग्री सहयोग गरेको छ । केन्द्रमा बेडसम्म अक्सिजन पु¥याउन पाइप जडान गरिएको छ ।

उक्त केन्द्रमा आगामी दिनमा आईसीयु, भेन्टिलेटरसमेत सञ्चालन गरिनेछ । शिशुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रतिभा कोइरालाका अनुसार केन्द्रमा सामान्य र मध्यम खालका बिरामी राखेर उपचार गरिनेछ । अस्पतालमा २ मेडिकल अफिसर, ४ नर्सिङ स्टाफसहित प्यारामेडिक, कार्यालय सहयोगीलगायत हुनेछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ