२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसंक्रमित आमाले जन्माइन् शिशु, नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य

संक्रमित आमाले जन्माइन् शिशु, नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य

लकडाउनमै ४६ जनाले लिए प्रसुती सेवा


पोखरा—मर्स्याङ्दी ६ की २३ वर्षीया महिलाको डेलिभरी म्याद नजिक आइसकेको थियो । १ हप्ता अघिदेखि नै सामान्य ज्वरो आयो । त्यसपछि उनी लमजुङ जिल्ला अस्पताल पुगिन् ।

डेलिभरी हुने समय आएको ठानेर अस्पताल पुगेकी ती महिलाको सुरुमै एन्टिजेन चेक गरियो । एन्टिजेनमा कोभिड—१९ पोजेटिभ देखिएपछि उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

‘ज्वरो आएको १ साता भएको सुन्ने बित्तिकै एन्टिजेन चेक ग¥यौं,’ उनले भने । उनमा कोभिड—१९ संक्रमण पुष्टि भयो । कोभिड वार्डमा राखेर उपचार थालियो । यसैबीच उनी सुत्केरी भएकाले उनलाई छुट्टै कोठाको व्यवस्था गरियो । प्रसुतिकै लागि आउने महिलालाई पनि ज्वरो आएको भए छुट्टै राखेर सेवा दिने गरिएको उनको भनाइ छ ।

१७ जेठमा कोभिड पुष्टि भएर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी ती युवतीको सामान्य प्रसुती गराएर होम आइसोलेसनमा पठाइएको छ । प्रसुती गराउन डा. हेमादेवी छन्त्याल र ३ जना नर्सिङ स्टाफ खटिएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले जानकारी दिए । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।

प्रमुख श्रेष्ठका अनुसार कोभिड—१९ संक्रमित महिलाबाट बच्चा जन्मिएको लमजुङ अस्पतालमै पहिलो हो । होम आइसोलेसनमा पठाइएकी ती महिलालाई असहज भए जतिखेर पनि र सामान्य अवस्थामा पनि १ हप्तामा अस्पताल आउन सुझाएको उनको भनाइ छ ।

अस्पताल आउनु अघि नै ७÷८ दिन ज्वरो आएको हुनाले अब संक्रमण जोखिम क्रमसः कम हुने प्रमुख श्रेष्ठले अनुमान गरे । हामीले भनेका छौं, ‘दूध चुसाउने बेला ग्लोब्स लगाउने, फेससिल्ड लगाउने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । आमा र बच्चाको स्वास्थ्य जाँचका लागि १ हप्तापछि बोलाइएकाले त्यतिबेला बच्चाको पनि कोरोना जाँच गरिनेछ ।’

कोभिडको उपचार भइरहेको तर मातृशिशु सेवा नरोकिएको उनले स्पष्ट पारे । उनले भने, ‘हामीले सूचना पनि प्रकाशित गरेका छौं । कोभिड—१९ का बिरामीलाई छुट्टै राखेर उपचार भइरहेको छ । प्रसुती सेवाका लागि छुट्टै भवन छ । ढुक्क भएर सुरक्षित प्रसुती सेवा लिनुहोला ।’
यस्तै, लकडाउन अवधिमा लमजुङ जिल्ला अस्पतालमा ४६ जनाले प्रसुती सेवा लिएका छन् । अस्पताल प्रमुख श्रेष्ठका अनुसार ३७ जनाको नर्मल डेलिभरी, ८ जनाको शल्यक्रियामार्फत र १ जनाको कम्प्लिकेटेड ड्लिभरी भएको छ ।

अस्पतालमा वार्षिक १७० देखि १८० जनाको शल्यक्रियामार्फत डेलिभरी हुने गरेको प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा होम डेलिभरी असाध्यै न्यून हुने गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ