२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलागु औषध ओसार-पसार गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

लागु औषध ओसार-पसार गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ


पोखरा—लागु पदार्थ ओसार-पसार गरेको आरोपमा १ जना स्वास्थ्यकर्मीसहित २ जना पक्राउ परेका छन् । चेकजाँचका क्रममा तनहुँको आबुखैरनीबाट उनीहरु पक्राउ परेको आबुखैरनी चेकपोस्टका इन्स्पेक्टर विकास थापाले जानकारी दिए ।

उनीहरू नारायणघाटतर्फबाट आबुखैरनी आउँदै गर्दा नियमित चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट—१ स्थायी घर भएर गोरखा ७ बस्ने २४ वर्षीय पूर्णसिंह गुरुङ रहेका छन् । उनी गोरखाको नयाँबजारस्थित प्राइभेट मेडिकलमा हेल्थ असिस्टेन्ट रहेको खुलेको छ ।

मेडिकल भने उनको आफ्नै नभएको प्रहरीले स्पष्ट पारेको छ । अर्का १ जना गुरुङका सहयोगी तनहुँ घर भई गोरखा १४ बस्ने २६ वर्षीय उमेश खत्री रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ९४ थान डाइजोपाम, ९६ थान नुर्फिन, ९४ थान फेनरागनसहित ४ थान सिरिन्ज बरामद गरेको छ । उनीहरुलाई अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

लकडाउनका बेला प्रेस र मेडिकल सेक्टरका परिचयपत्र दुरुपयोग भइरहेको बेला सचेत हुनुनपर्ने देखिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ