२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा महिलासम्बन्धी क्यान्सरको निःशुल्क उपचारमा हुने

गण्डकीमा महिलासम्बन्धी क्यान्सरको निःशुल्क उपचारमा हुने


पोखरा–गण्डकी प्रदेशमा महिला सम्बन्धी क्यान्सरको निःशुल्क उपचार हुने भएको छ । गण्डकीका प्रदेश नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङलाई अविश्वास प्रस्तावमार्फत पदमुक्त गरी पोखरेलले शनिबार मुख्यमन्त्रीको पद सम्हालेका हुन् । पदभार सम्हालेलगतै उनले उक्त निर्णय गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले मनसुन सुरु भएसँगै विपद्बाट हुनसक्ने धनजनको क्षति कम गर्न प्रतिकार्य योजना तयार पार्ने निर्णयसमेत गरेका छन् ।

यसअघि दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत लिएका थिए । उनले स्वास्थ्य मन्त्रालयको पदभार सम्हालेपछि प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रतिपालिका ५/५ लाख रुपैयाँ दरले दिने निर्णय गरेका थिए ।

प्रदेशका कुल ८५ मध्ये ७३ पालिकामा स्वास्थ्य पूर्वाधार विकासका लागि रकम खर्च गर्न सक्ने र बाँकी १२ पालिकामा स्वास्थ्य पूर्वाधारका लागि बजेट माग भए तत्काल पठाउने निर्णय गरेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ