२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा लम्बियो निषेधाज्ञा, अब खुकुलो पारिने

गण्डकी प्रदेशमा लम्बियो निषेधाज्ञा, अब खुकुलो पारिने


पोखरा–कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्ने भन्दै लागु गरिएको निषेधाज्ञालाई गण्डकी प्रदेशमा निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालयहरुले धमाधम निषेधाज्ञा थपिएको सूचना प्रकाशित गरिरहेका छन् । सो अवधिमा निषेधित काम नगर्न चेतावनी दिइएको छ ।

कास्कीमा निषेधाज्ञा ७ असारसम्म तोकिएको छ । निषेधाज्ञाको समय बिहान ९ बजेसम्म पसलहरु ९ बजेसम्म खुल्ने गरेकोमा १० बजेसम्म खोल्न दिने निर्णय गरिएको कास्की प्रशासनले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरु ५० प्रतिशत कर्मचारी राखेर ५० प्रतिशत शाखा सञ्चालन गर्न भनेको छ ।

तनहुँमा पाँचौ पटक निषेधाज्ञा थप गरेर असार ७ गतेसम्म कायम गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस अनुसार १ हप्ता फेरि निषेधाज्ञा थपिएको हो । प्रशासनले यसअघिको तुलनामा निषेधाज्ञालाई केही खुकुलो पारको छ ।

निषेधाज्ञामा छापाखाना तथा स्टेसनरी पसल, वर्कसप, मोबाइल मर्मत पसललाई सञ्चालन गर्न दिने बताइएको छ, त्ययसका लागि समय तोकिनेछ । बैंक तथा वित्तीय संस्थाले दिउँसो १ बजेसम्म न्यूनतम कर्मचारी राखेर अत्यावश्यक सेवा दिने जनाएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय बागलुङले ७ असारसम्म निषेधाज्ञा बढाएको छ । जिल्लाको कोभिड–१९ नियन्त्रणको अवस्था अझै सुधार नभएको निष्कर्ष प्रशासनले निकालेको हो । तथापि यसअघिको भन्दा निषेधाज्ञा केही खुकुलो पारिने बताइएको छ ।
यता, गोरखामा असार ५ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको छ ।

निषेधाज्ञा आदेश उल्लंघन भएका संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८ तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बमोजिम कारबाही हुने चेतावनी प्रशासनहरुले दिएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ