२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवती तथा स्त्रीरोग सेवा शनिबारबाहेक सबै दिन प्रदान गरिने

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवती तथा स्त्रीरोग सेवा शनिबारबाहेक सबै दिन प्रदान गरिने


पोखरा—पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गर्भवती तथा स्त्री रोग जाँच सेवा शनिबारबाहेक सबै दिन प्रदान गरिने भएकोे छ । १ असारदेखि नियमित जाँच सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । यसअघि अस्पतालमा गर्भवती जाँचसम्बन्धी सेवा सोमबार र बिहीबारमात्रै थियो भने स्त्री रोगसम्बन्धी जाँच मंगलबार र शुक्रबारमात्रै हुने गरेको थियो ।

कोभिड–१९ कहरबीच ११ जेठ २०७८ देखि २२ जेठम्मि अस्पतालले सामान्य बिरामी जाँच ओपिडी सेवा बन्द गरे पनि प्रसुती सेवालाई भने निरन्तरता दिएको थियो ।

यस्तै, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नवनिर्मित स्त्रीरोग तथा प्रसुति भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पतालले अबको करिब १ हप्तामा ओपिडी सेवा र २ हप्तामा अन्तरंग सेवा नयाँ भवनबाट दिन सकिने जनाएको छ ।

२ सय बेड क्षमताको उक्त भवन स्त्री तथा प्रसुती सेवामात्रै दिने उद्देश्यले नै निर्माण गरिएको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले बताए । उनकाअनुसार भवनमा भित्र कोठा–कोठा र क्याबिन, प्रसुतीका ओटी धेरै नै छन्, वार्ड पनि हुनेछन् ।

स्त्री तथा प्रसुती सेवा विस्तारका लागि जनशक्ति अभाव नहुने अस्पतालका आचार्य बताउँछन् । ‘जनशक्ति पर्याप्त छ । रेजिडेन्ट डाक्टर पनि हुनुहुन्छ । यसो हुँदाहुँदै पनि नर्सिङ स्टाफको कमी हुन सक्छ,’ उनले भने ।

भवनका लागि ३४ करोडको ठेक्का भएका भएपनि सम्पन्न भएको कामको मूल्यांकन गरेर भवनले बिल लेखामा पेस गरेपछि सोहीअनुसार भुक्तानी गर्ने गरिएको सूचना अधिकारी आचार्यले स्पष्ट पारे । यसबाट काम सक्दै भुक्तानी लिँदै गर्दा काम नियमित भएको उनको भनाइ थियो । ‘काम लगभग सकिएको हो । तर, भुक्तानी भने हुन धेरै नै बाँकी छ,’ उनले भने ।

अस्पतालका लेखापाल श्रीराम पौडेलले उक्त भवनको निर्माण २०७३ असारबाट सुरु भएको बताए । अस्पताल भवन निर्माणमा ३२ करोड ६० लाख खर्च लागेको अस्पतालका लेखापाल सुवेदीले जानकारी दिए । अस्पतालमा अन्य संरचना पनि निर्माणाधीन अवस्थामा छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ