२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशतनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल

तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल


पोखरा—तनहुँमा अनुमति बिना सञ्चालन गरिएका फार्मेसी र ल्याबहरु प्रशासनले सिल गरेको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल नेतृत्चको टोलीले केही दिन अघिदेखि नै अनुगमन गरिरहेको थियो ।

टोलीले दमौली, भीमाद र व्यासका विभिन्न बजार क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेका फर्महरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा अनुमति नलिएका, मापदण्ड नपुगेका फर्महरु सिल गरिएको सहायक प्रजिअ बरालले बताए ।

पोखरामा प्रधान कार्यालय रहेको युनाइटेड रेफ्रेन्स ल्याबका तनहुँस्थित २ शाखा सिल गरिएको उनले जानकारी दिए । पोखरामा दर्ता भएको भएपनि तनहुँमा शाखा विस्तारका लागि जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएर सञ्चालन गर्नुपर्नेमा त्यसो नभएकाले शुक्लागण्डकी र दमौलीका गरी २ शाखा बन्द गरिएको सहायक प्रजिअ बरालले स्पष्ट पारे । ल्याब सञ्चालनका लागि जनस्वास्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने उनले बताए ।

व्यास—२ को औषधी पसल दर्ता भएपनि फार्मेसिस्ट कर्मचारी नभएका कारण प्रजु थापा फार्मेसी बन्द गरिएको छ । फार्मेसीमा अनुमति प्राप्त नभएका व्यक्तिले औषधी बेचिरहेको भेटिएको थियो । यस्तै, व्यास—२ को राना मेडिकलले फार्मेसी दर्ता गरेको तर मेडिकल सञ्चालन गरी बिरामी नै जाँच गरेकोे पाइएपछि सिल गरिएको छ ।

व्यास—२ कै ऋषि एक्सरे क्लिनिकले बिना अनुमति एक्सरे सेवा सञ्चालन गरेकाले बन्द गरिएको सहायक प्रजिअ बरालले खुलाए । उनले भने,‘ऋषि एक्सले दर्ता नभएको र मापदण्ड पूरा नभएका कारण बन्द गरिएको हो ।’

पिसिआरका लागि स्वाब संकलन, मूल्य बढी लिएको लगायत गुनासो आउन थालेपछि अनुगमन थालिएको थियो । अनुगमनका क्रममा बढी मूल्य तोकिएका औषधीसमेत जफत गरिएको बताइएको छ ।
शुनपामा २ औषधी पसल र १ ल्याब बन्द गरिएको छ । ती पसल दर्ता नभएको बरालको भनाइ छ ।

भीमादमा २/४ दिनअघि अनुगमन गर्दा दर्ता नभएका पसल बन्द गरिएको थियो भने फार्मेसी दर्ता गरी मेडिकल चलाएका, बेड राखेर बिरामी जाँचेको पाइएपछि सिल गरी आवश्यक प्रक्रिया पूरा गरी सम्पर्क गर्न भनिएको उनले खुलाए ।

विषम परिस्थितिका कारण आर्थिक जरिवाना भने नगरिएको उनले जानकारी दिए । दमौलीमा सिल गरिएकामध्ये १ ले आवश्यक प्रक्रिया पु¥याएर खोलेको उनले जनाए ।

अनुगमन टोलीमा तनहुँ जिल्ला प्रहरी, व्यास नगर स्वास्थ्य शाखा, जिल्ला घरेलु कार्यालयका प्रतिनिधि सहभागी थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ