२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशप्रदेशवासीको स्वास्थ्यमा सरकारले कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री पोखरेल

प्रदेशवासीको स्वास्थ्यमा सरकारले कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री पोखरेल


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । बिहिबार प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरिक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको भन्दै स्वास्थ्यमा कुनै सम्झौता नगर्ने बताएका हुन् ।

कोभिड नियन्त्रण तथा रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिको उच्च मूल्यांकन गर्दै मुख्यमन्त्री पोखरेलले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले नै उपलब्ध गराउने प्रतिबद्धता जनाए । ‘अहिले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि प्रदेश सरकारले अध्ययन थालेको छ। थप सुविधा दिएर भए पनि विशेषज्ञ चिकित्सक उपलब्ध गराउछौँ, ‘उनले भने ।

मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति संक्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमुना बनाउने प्रतिबद्धता जनाइन् ।

गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको समर्पणका कारण यो सम्भव भएको हो, उपचार प्रति समर्पणभाव र स्वास्थ्यकर्मीहरुको असल व्यवहारका कारण रोग निको भएको हो ।’ उनले गण्डकी प्रदेशले कोभिड नियन्त्रण र रोकथामका लागि विशेष सतर्कता अपनाएको जानकारी दिए।

यस महामारी विरुद्धका प्रयासहरुमा प्रभावकारिता ल्याउन र खोप कार्यलाई प्रभावकारी बनाउन गण्डकी प्रदेशमा प्रमुख सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा सबै सचिवहरु र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित संयोजन समिति गठन भएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, #मुख्यमन्त्री पोखरेल, #संक्रामक तथा सरुवा रोग अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ