२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपत्थरी बिरामीको ज्यान गएपछि फेवा सिटी अस्पताल तनावग्रस्त

पत्थरी बिरामीको ज्यान गएपछि फेवा सिटी अस्पताल तनावग्रस्त


पोखरा – पत्थरीको उपचार गर्न पोखराको फेवा सिटी अस्पतालमा लगिएको बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा नारावाजी लगाएका छन् । डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले कारवाहीको माग गर्दै अस्पतालमा नारावाजी लगाएका हुन् ।

आँधीखोला गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया सबिता पोखरेल बिहानमा घाँस काटेर घर फर्केपछि कोखा दुख्यो भनेर अस्पताल पुगेकी थिइन्। विभिन्न जाँचपछि उनमा पत्थरी भएको पुष्टि भएको थियो ।

अस्पतालले भर्ना गरेर उनको उपचार प्रक्रिया थालियो । अस्पतालमा अत्याधुनिक प्रविधियुक्त मेसिन प्रयोग गरी अप्रेशन गर्ने अस्पतालका डाक्टरले बताए । हिँडेरै ७ साउनको बिहान साढे ११ बजे अस्पताल पुगेकी पोखरेललाई बेलुका ९ बजे अप्रेशन असफल भएको भन्दै डाक्टरले मृत घोषणा गरेको उनको आफन्तले जानकारी दिए।

मृतकका आफन्तले अप्रेशन पूर्व लगाइएको इन्जेक्सनका कारण मृत्यु भएको अनुमान गरेका छन् । बिरामीका आफन्त आक्रोशित भएर आक्रमणमा उत्रन सक्ने अनुमान गरी प्रहरीले कडा सुरक्षा दिइरहेको छ ।

यसैबीच अस्पताल र पीडित पक्षबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । अस्पतालका डाक्टरले पीडित पक्षलाई कानुनी प्रक्रियामा जान चुनौती दिएको गुनासो गरेका छन् । तर अस्पताल प्रशासनले भने क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न आग्रह गरेपछि वार्ता जारी रहेको पीडित पक्षको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #अस्पतालमा नारावाजी, #डाक्टरको लापरबाही, #फेवासिटी अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ