२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा ड्राफ्ट भयो स्वास्थ्य नीति

गण्डकीमा ड्राफ्ट भयो स्वास्थ्य नीति


पोखरा – गण्डकी प्रदेशमा सरकारले स्वास्थ्य नीति बनाउन थालेको छ । हालसम्म स्वास्थ्य नीति निर्माण नभएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले काम अघि बढाएको हो ।

कोरोना संक्रमण तथा अन्य सम्भावित संक्रामक तथा रोग निवारणका लागि संविधानमा आधारित रही नीति निर्माण गर्न आवश्यक भएकाले नीति निर्माण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुअधिकारी गुरुङले बताएकी छन् ।

उनका अनुसार नीति निर्माण गरी काममा एकरुपता, सेवामा गुणस्तरीयतामात्र नभइ संक्रामक रोग निवारणमा चालिएका कदमहरुमा पनि चुस्तताका लागि नीति निर्माण आवस्यक रहेकाले मन्त्रालयले मुख्य प्राथमिकतामा राखेको हो ।

गरिब जनता, उत्पीडित समुदाय, द्वन्दका घाइते, सहिद परिवारलगायत दूरदराजका मानिसहरुको उपचारका दीर्घकालीन समस्या समाधानमा स्वास्थ्य नीतिले सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

कोभिड-१९ संक्रमण र यसका नयाँ भेरियन्टले पनि स्वास्थ्य क्षेत्रलाई सजग गराएको र प्रदेशको स्वास्थ्य अवस्थाको बोध गहिरो गरी गराएकाले यस्ता समस्या समाधानमा मन्त्रालय गम्भीरतापूर्वक लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए ।

मन्त्रालयले स्वास्थ्य नीतिको ड्राफ्ट तयार गरिसकेको जनाएको छ । ड्राफ्टका आधारमा विभिन्न पक्ष तथा निकाय, सम्बन्धित विज्ञ, विषयगत क्षेत्र, स्थानीय सरकारसँग सुझाव लिने काम पनि भइरहको जानकारी दिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ