२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशनेपाल डेन्टल एसोसिएसन गण्डकीको अध्यक्षमा डा. गुभाजू

नेपाल डेन्टल एसोसिएसन गण्डकीको अध्यक्षमा डा. गुभाजू


पोखरा – नेपाल डेन्टल एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. अभिषेकमान गुभाजू चयन भएका छन् । डा. अभिषेकमान गुभाजू सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

यस्तै, संस्थाको उपाध्यक्ष डा. सपनालक्ष्मी तुलाधर, महासचिव डा. सुदीप गिरी, कोषाध्यक्ष डा. मीनबहादुर गुरुङ, सहसचिव डा. सुस्मिता थापा रहेका छन् । सदस्यहरु डा. विनीता बज्राचार्य, डा. आशीष कुँवरसिंह, डा. पूर्ण विश्वकर्मा तथा डा. सञ्जीता माकाजू रहेका छन् ।

संस्थाका नवनिर्वाचित अध्यक्ष डा. अभिषेकमान गुभाजूले कोरोना महामारीको उच्च जोखिममा परेको दन्त चिकित्सामा सम्पूर्ण चिकित्सकहरू सावधानी अपनाई बिरामीहरूको सेवामा समर्पित रहेकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा समेत सतर्कता अपनाउन जरूरी रहेको बताउँदै केही समस्या आइपरेमा डेन्टल एसोसिएसन मद्दत गर्न तयार रहेको बताए ।

उनले आफ्नो कार्यकालमा दन्तचिकित्सकको क्षमता अभिवृद्धि, समस्या परेमा समाधान र कुट चिकित्सा (दन्त चिकित्सक नभए पनि सेवा दिने) परम्परा तोड्न पहल गर्ने लगायत लक्ष्य लिइएको बताए ।

संस्थाका महासचिव डा. सुदीप गिरीले संस्थाले प्रदेशभरिका दन्त चिकित्सकको उत्थानको लागि विभिन्न सिडिई कार्यक्रम, नयाँ डाक्टरहरूको उचित व्यवस्थापनमा सहयोग लगायत क्षेत्रमा काम गर्ने जानकारी दिए ।

गण्डकी शाखा नयाँ कार्यसमतिको कार्यकाल २०२३ सम्म रहनेछ । नेपाल डेन्टल एसोसिएसन दन्त चिकित्सकहरूको छाता संगठन हो । गण्डकीमा सन् २००८ मा एसोसिएसन गठन भएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ