२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबुर्तिवाङमा ९ सयको आँखा जाँच, ७७ जनाको आँखाको नि:शुल्क शल्यक्रिया

बुर्तिवाङमा ९ सयको आँखा जाँच, ७७ जनाको आँखाको नि:शुल्क शल्यक्रिया


पोखरा—एउटा क्लबको पहलले मात्रै उल्लेखनीय खुसी थप्न सक्छ भन्ने पोखरा—१ शंकर टोलस्थित पोखरा व्यवसायिक महिला क्लबले देखाइदिएको छ । सर्वसाधारणको आँखाको ज्योति फिर्ता ल्याउने काममा क्लब सक्रिय भएर लागेको छ ।

क्लबले पोखरा—१५ स्थित परोपकार गुरुकुल आश्रम, पर्वतको मोदी—७ राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालय, पर्वतको मोदी १ सेराबेसीलगायतका स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरिसकेको छ । पोखराको हिमालय आँखा अस्पताललाई क्लबले करिब ८ लाख बराबरको आँखा जाँच्ने मेसिन सहयोग गरेको थियो ।

क्लबले पछिल्लो पटक बागलुङको ढोरपाटन १ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा ८ सय ९२ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये ७७ जनाको शल्यक्रिया गरिएको छ । ७ जनाको भने दुवै आँखाको शल्यक्रिया गरिएको छ ।

क्लबले जर्मनीका माइकल बाउर र साथीहरुसँगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा ३ दिनसम्म शिविर सञ्चालन गरेको थियो । शिविरलाई ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्बर अफ कमर्स र बुर्तिबाङ राइजिङ युथ क्लबले सहयोग गरेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ