२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसिद्धार्थ बैंकका कर्मचारीलाई युआरएलमा ३० प्रतिशत छुट

सिद्धार्थ बैंकका कर्मचारीलाई युआरएलमा ३० प्रतिशत छुट


पोखरा—पोखरा ५ पर्स्याङस्थित सिद्धार्थ बैंक शाखाका कर्मचारी, ग्राहक तथा सेवाग्राहीले युनाइटेड रेफ्रेन्स ल्याबोरेटरी (युआरएल) पोखरामा छुट पाउने भएका छन् । बिहीबार युआरएल र बैंकको शाखाबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार युआरएलमा हुने सबै रक्त परीक्षणमा सिद्धार्थका सेवाग्राही र कर्मचारीले ३० प्रतिशत छुट पाउने छन् ।

सम्झौतापत्रमा युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त र बैंकका पस्र्याङ शाखा प्रमुख अनिरुद्र बरालले हस्ताक्षर गरेका छन् । सेवालाई सहज र सुलभ बनाई गुणस्तरीय सेवा दिन विभिन्न संघ, संस्थासँग सहकार्य गर्दै आएकोमा छुट सम्झौता भएको सिद्धार्थ बैंक पस्र्याङ शाखा ४६ औं संस्था भएको युआरएल अध्यक्ष पन्तको भनाइ छ ।

पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएलका पोखराकै हस्पिटलचोक, तनहुँका दुलेगौंडा र दमौली, लमजुङको बेंसीसहर र स्याङ्जाको वालिङ शाखाबाट सेवा प्रवाह भइरहको छ । आठौं वार्षिकोत्सव भर्खरै मनाएको युआरएलले नयाँ नयाँ प्रविधि भित्र्याएर थप सुविधा दिने जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ