२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्वास्थ्य बीमा प्रभावकारी हुन सकेन

स्वास्थ्य बीमा प्रभावकारी हुन सकेन


दोलखा – दोलखामा स्वास्थ्य बीमा प्रभावकारी हुन सकेको छैन । बीमा सुरु भएको ११ महिना नाघ्दा पनि भनेजस्तो नतिजा छैन ।

दोलखामा २०७७ चैत्रदेखि बीमा अभियान सुरु भएको थियो । हालसम्म पाँच हजारभन्दा बढीले बीमा गरिनसकेको अवस्था छ । २०६८ को जनगणनाअनुसार दोलखामा दुई लाख जनसंख्या रहेको छ । नेपाल सरकारले सबै नेपालीलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने मौलिक अधिकार रहेकोले स्वास्थ्य बीमा अभियान सुरु गरेको हो ।

पाँच जनासम्मको परिवारलाई एक रुपैयाँको स्वास्थ्य बीमा सरकारले गर्दै आएको छ । हाल सरकारी स्वास्थ्य संस्थामा ७० प्रकारका औषधि निशुल्क रुपमा पाउने व्यवस्था छ ।

त्यस्तै, पाँच जनासम्मको परिवारलाई तीन हजार पाँच रुपैयाँ र सोभन्दा बढी भएमा प्रति व्यक्ति सात सय थप रकम लाग्ने छ । जिल्लाका ९ वटै स्थानीय तहका ज्येष्ठ नागरिक, क वर्गका अपाङ्ग, कुष्ठरोगी, क्षयरोगीहरुलाई निशुल्क र महिला स्वयमसेविकाहरुलाई ५० प्रतिशतमा स्वास्थ्य बीमा गर्दै आएको छ । कुष्ठरोगी र क्षयरोगीहरु २ जनाले मात्र स्वास्थ्य बीमा गरेका छन् ।

हालसम्म जिल्लामा ज्येष्ठ नागरिकहरु बढी रहेका छन् । पाँच हजारमा दुई हजार पाँच जना ज्येष्ठ नागरिकहरुको बीमा गरेका छन् ।
कर्मचारी छनौटमा समस्या आएपछि भीमेश्वर नगरपालिकाको वडा नं. ३ र ६ मा हालसम्म एक जनाले पनि स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढ्न सकेको छैन ।

स्वास्थ्य बीमाको लागि कर्मचारीहरु घरघरमै पुग्नपर्ने भएकाले कर्मचारी आवश्यकताको माग गरेका थिए । तर, हालसम्म कर्मचारी छनौट गर्न नसकेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखाका दर्ता अधिकारी तेज प्रसाद लुइटेलले जानकारी दिनुभयो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ