२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशनवप्रवेशी २ सय २६ जना अनमीलाई अभिमुखीकरण

नवप्रवेशी २ सय २६ जना अनमीलाई अभिमुखीकरण


पोखरा—गण्डकी प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका २ सय २६ अनमीलाई अभिमुखीकरण तालिम दिइएको छ । प्रदेश लोकसेवा र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

सेवा क्षेत्रमा जाँदै गरेका कर्मचारीलाई सहज तरिकाले सेवा दिन सकून भन्ने उद्देश्यले सेवा प्रवेश तालिम सञ्चालन गरिएको हो ।

तालिममा प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, सदस्य कल्पना लम्साल, योगेन्द्र गौचन, सचिव विनोदबहादुर कुँवर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवद्वय रामप्रसाद आचार्य र मनमाया पंगेनी भट्टराई, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, शाखा अधिकृत बाबुराम न्यौपानेलगायतले सहजीकरण गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारी, स्वास्थ्य निर्देशक खिमबहादुर खड्का लगायतले अनमीको कार्य विवरण र जिम्मेवारीबारे चर्चा गरे ।

सेवा क्षेत्रमा जाने तयारीमा रहेका प्रशिक्षित कर्मचारीले तालिमबाट नयाँ कार्यालयमा जाँदा सहज हुने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ