२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा विश्वविद्यालयले १०० शैय्याको शिक्षण अस्पताल निर्माण गर्ने

पोखरा विश्वविद्यालयले १०० शैय्याको शिक्षण अस्पताल निर्माण गर्ने

अस्पताल निर्माणका लागि इआईए प्रतिवेदन तयार गर्न सम्झौता


पोखरा—पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले पोखरा–३० ढुंगेपाटनमा १ सय शैय्याको शिक्षण अस्पताल निर्माण गर्ने भएको छ । यसका लागि वातावरणीय प्रभाव मुल्यांकन (इआईए) अध्ययन प्रतिवेदन तयार गर्ने गरी सम्झौता भएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच वैशाख १५ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । इआईएले अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित वातावरणीय प्रभाव पहिचान, सम्भावना र विश्लेषण गर्नेछ ।

पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकोले विश्वविद्यालयले हालको छात्रावास परिमार्जन गरी अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको सूचना अधिकृत लोकप्रसाद ढकालले बताए ।

उनका अनुसार छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १ सय शैय्याको अस्पतालको रूपमा प्रयोग गर्ने योजनास्वरूप विश्वविद्यालयले बोलपत्र समेत आव्हान गरिसकेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ