२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यविन्दु अस्पतालमा डायलाइसिस सेवा सुरू हुने

मध्यविन्दु अस्पतालमा डायलाइसिस सेवा सुरू हुने


पोखरा—५० शैय्याको मध्युविन्दु अस्पतालले मिर्गौला डाइलाइसिस सेवा सुरु गर्ने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापा समायोजन भएर वीर अस्पताल सरुवा भएका छन् ।

अहिले मध्यविन्दु अस्पताल मेडिकल सुपरिटेन्डेन्टबिहीन छ । नयाँ मेसु नियुक्त भएर आएलगत्तै डायलाइसिस सेवा सुरु गर्ने अस्पतालको तयारी छ ।

विपन्न संस्था स्वीकृत भएपति डायलाइसिसबापतको शोधभर्ना पाउने भएकाले त्यसका लागि पहल भइरहेको छ । अस्पतालमा डायलासिस गर्न सक्ने जनशक्ति रहेको सूचना अधिकारी छविलाल सुवेदी बताउँछन् ।

जिल्लामा ३० देखि ४० जना डायलाइसिस गर्नुपर्ने बिरामी भएको सुवेदीको अनुमान छ । ‘हामीले औपचारिक सूचना त जारी गरेका छैनौं,’ उनले भने, ‘मेसु आएपछि सेवा सुरु हुन्छ भन्ने जानकारी भएकाहरुले नाम दर्ता गराउन सुरु गरेका छन् । हालसम्म १२ जनाको नाम सूचीकृत गरिएको छ ।’

डिआर टिभीका १३ बिरामी भर्ना

मध्यबिन्दु अस्पतालमा डिआर टिभीका १३ जना बिरामी भर्ना भएका छन् । डिआर टिभीको ती बिरामीबाट अरुमा सर्ने भएकाले भर्ना गरेर उपचार गर्नुपर्ने भएको हो ।

यसप्रकारका बिरामीलाई ४ देखि ६ महिनासम्म उपचार गरेपछि मात्रै नसर्ने अवस्थामा पु¥याउन सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ