२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशनगरपालिकाले हेल्थ असिस्टेन्ट स्थायी नियुक्ति गरेको भाइरल पत्र ‘कीर्ते’

नगरपालिकाले हेल्थ असिस्टेन्ट स्थायी नियुक्ति गरेको भाइरल पत्र ‘कीर्ते’


पोखरा—स्याङजाको गल्याङ नगरपालिका र गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रबीच गल्याङ सामुदायिक अस्पताल हस्तान्तरण सम्झौता भएको र स्वास्थ्यकर्मी स्थायी गरिएको पत्र सामाजिक सञ्जालमा अहिले व्यापक प्रसारित भइरहेको छ । पत्रमा नेपाल सरकारको लोगो, छापसमेत देखिन्छ ।

५ भदौमा लेखिएको उक्त पत्रमा हेल्थ असिस्टेन्टलाई स्थायी नियुक्ति गरिएको भनिएको छ । तर, २९ असोजमा सामुदायिक अस्पताल हस्तान्तरण तथा ५ भदौंमा स्थायी गर्ने निर्णय भएको भनिएको छ । जबकी २९ असोज २०७९ मा अझै भएको छैन ।

यसबारे जानकारी न त नगरपालिका पदाधिकारी तथा कर्मचारीलाई छ, न त अस्पतालका कोहीलाई । अचानक पत्र सार्वजनिक भएपछि गल्याङ नगरपालिकाका कर्मचारीलाई कसैले कीर्ते कागज बनाएको हो भन्ने निष्कर्षमा पुग्न समय नै लागेन । कसले यस्तो गरेको हो भन्नेबारे नगरपालिकाले खोजी गरिरहेको छ ।

लोकसेवा आयोगले परीक्षा लिएर प्रक्रियागत रुपमा नियुक्त गर्ने पदमा नियम प्रक्रियामा नै नगएकाले गल्याङ नगरपालिकाले कागज कीर्ते भएको जनाएको छ । गल्याङका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा सामाजिक सञ्जालमा कीर्ते कागज सार्वजनिक गर्ने मान्छे खोजी भइरहेको बताउँछन् । ‘कसले पोस्ट गरेको हो भन्ने खोजी भइरहको छ, हामी साइबर क्राइमअन्तर्गत कारबाहीका लागि प्रक्रिया अपनाउँछौं,’ उनले भने ।

सामाजिक सञ्जालमा भेटिएको कागज कीर्ते भएकाले भ्रममा नपर्न उनको आग्रह छ । उनले भने,‘जसको नाममा स्थायी नियुक्ति गरिएको भनिएको छ । उनी सोही अस्पतालमा करारमा नै कार्यरत छन् । सही गर्ने सर पनि यहाँ हुनुहुन्न, सरुवा भइसक्नुभयो ।’ सामाजिक सञ्जालको कागजको भ्रममा नपर्न आग्रह गर्दै सप्रमाण आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

कीर्ते गरिएको पत्र


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ