२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशराष्ट्रिय आविष्कार केन्द्रले थाल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल उपकरण नियमित जाँच तथा मर्मत

राष्ट्रिय आविष्कार केन्द्रले थाल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल उपकरण नियमित जाँच तथा मर्मत


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मर्मत नहुँदा करिब ७ वर्ष सिटीस्क्यान मेसिन थन्कियो । सरकारी अस्पतालको सिटीस्यान मेसिन बिग्रिएपछि विपन्न समूहका बिरामीसमेत निजी डायग्नोस्टिक सेन्टर धाउन विवश थिए ।

क्षेत्रीय अस्पतालका निर्देशक प्रा.डा. भरत खत्रीकाअनुसार करिब १० वर्षअघि खरिद गरिएको उक्त सिटीस्क्यान मेसिनले ३ वर्षमात्रै काम ग¥यो । मर्मत होला कि भन्ने आशामै ७ वर्ष बिते । मेसिन थन्किएको लामो समयपछि अस्पतालमा यही वर्ष नयाँ सिटी स्क्यान मेसिन ल्याइएको छ ।

यो त एक उदाहरणमात्रै हो । मेसिन बिग्रिएर थन्किने भएपछि धेरै सरकारी अस्पतालमा बिरामीे सेवाबाट बञ्चित हुने गरेका छन् । सरकारी अस्पतालका मेसिन लामो समयसम्म किन बिग्रन्छन्? निजीमा किन छिट्टै मर्मत हुन्छन् ? भन्ने प्रश्न अनुत्तरित बनेका बेला राष्ट्रिय आविष्कार केन्द्रले नियमित रेखदेख र मर्मत गरिदिने गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रस्ताव ग¥यो ।

बिग्रिएका मेसिन मर्मतको अभावमा अर्काे मेसिन खरिद गर्ने वा सोही मेसिन मर्मत गर्ने भन्ने अन्योलता थियो । अन्योलता चिर्दै पुरानो मेसिन मर्मत गर्ने र नियमित रेखदेख गर्ने गरी भदौ दोस्रो साता राष्ट्रिय आविष्कार केन्द्रसँग प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले सम्झौता ग¥यो ।

केन्द्रले अस्पतालका सबै प्रकारका मेडिकल उपकरण नियमित मर्मत सम्भार गर्ने, स्टान्डराइजेसन र क्यालिब्रेसन गरिदिने गरी वार्षिक मर्मत सम्झौता भयो ।

सम्झौताबाट बायोमेडिक इन्जिनियरले नयाँ कुरा सिक्न पाउने, आविष्कार केन्द्रलाई आर्थिक स्रोत बन्ने, अस्पतालका लागि सामग्री लामो समय टिक्ने र नयाँ किन्नुपर्ने खर्च कम हुनुका साथै बिरामीले नियमित सेवा पाउन सक्ने विश्वास गरिएको छ ।

भदौमा गरिएको सम्झौता बमोजिम केन्द्रले काम थालेको हो । अस्पतालका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यसपटक इएसडब्लुले मेसिन मर्मतका लागि आग्रह गरिएको थियो । ‘हामीले केन्द्रसँग गरेको सम्झौताअनुुसार मेसिन बिग्रिएको केन्द्रलाई जानकारी दिन्छौं । सम्भव भए आविष्कार केन्द्रले मर्मत गर्छ, सम्भव नहुने मेसिन त्यसपछि विदेश पठाउँछौं,’ उनले भने, ‘कतिपय वारेन्टी भएका मेसिन भने आविष्कार केन्द्रले खोल्न नपाउने भएकाले कम्पनीको नियमानुसार गर्ने हो ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ