२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशरुपा गाउँपालिकामा जन्मेर स्वास्थ्य सेवामा लागेकालाई ‘रुपा रत्न’

रुपा गाउँपालिकामा जन्मेर स्वास्थ्य सेवामा लागेकालाई ‘रुपा रत्न’


पोखरा—कास्कीको रुपा गाउँपालिकाले गाउँपालिकामा जन्म भई स्वास्थ्य सेवामा लागेका व्यक्तित्वलाई ‘रुपा रत्न २०७९’ बाट सम्मान गरेको छ । गाउँपालिका स्थापना दिवसको अवसरमा सम्मान प्रदान गरिएको हो ।

सम्मानित हुनेहरुमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत डा. भोजराज न्यौपाने, डा. सन्दीप ओझा, डा. चण्डिका पण्डित रहेका छन् । यसैगरी, गण्डकी विश्वविद्यालयमा कार्यरत डा. मदन खड्का र प्रदेश प्रयोगशाला गण्डकीका निमित्त निर्देशक सपना सुवेदी रहेका छन् ।

पहिलो वर्ष साहित्य, दोस्रो वर्ष खेल, तेस्रो वर्ष इन्जिनियरिङ क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएकोमा कोभिडका कारण २ वर्ष रोकिएको थियो ।

रुपा गाउँपालिकाको सर्वाङ्गीण विकासमा योगदान पु¥याएका व्यक्तित्वको कदर गर्दै २०७४ बाट रुपा रत्न सम्मान सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ