२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकुष्ठरोगका बिरामी शून्यमा झार्ने सरकारी लक्ष्यमा सघाउन आईएनएफको रणनीतिक योजना सुरु

कुष्ठरोगका बिरामी शून्यमा झार्ने सरकारी लक्ष्यमा सघाउन आईएनएफको रणनीतिक योजना सुरु


पोखरा—नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग पूर्ण रुपमा निवारण गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य पूरा गर्न सघाउने गरी इन्टरनेसनल नेपाल फेलोसीप (आईएनएफ) नेपालले शून्य कुष्ठरोग रणनीति सुरु गरेको छ ।

आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रणनीतिक योजनाको शुभारम्भ गरेका हुन् । उनले कुष्ठरोगबारे जनचेतना जगाउनुपर्ने बताए ।

गण्डकी प्रदेशका म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगका बिरामी बढी छन् । आईएनएफको अभियानमा प्रदेश सरकारले समेत सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाए ।

आईएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आईएफनले पूर्ण सहयोग गर्ने गरी रणनीतिक योजना बनाइएको उल्लेख गरे । आईएनएफले कुष्ठरोगका बिरामी पत्ता लगाउन, उपचार गर्न, पुनस्र्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

कुष्ठरोगका बिरामीको उपचार केन्द्रको रुपमा स्थापित पोखराको हरियोखर्क (ग्रीन पास्चर) अस्पताल पछिल्लो समय कान तथा हाडजोर्नी तथा नसासम्बन्धी उपचारमा समेत अब्बल बनेको छ । हरियोखर्क अस्पतालमा हाल १ सय बेडमा कुष्ठरोगका बिरामीको उपचार प्रयोग गर्ने गरिएको छ ।

यसैबीच पोखराको हरियोखर्क अस्पतालमा नवनिर्मित कुष्ठरोग उपचार भवन उद्घाटन गरिएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ