२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशआँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीन दिन बन्द

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीन दिन बन्द

मणिपाल र चरक मेमोरियल अस्पतालमा निःशुल्क आँखा जाँच र औषधी वितरण गरिने


पोखरा—आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । पोखरा हिमालय आँखा अस्पतालमा आउने बिरामीमध्ये अधिक आँखा पाक्ने रोगका बालबालिका भएको अस्पतालले जनाएको छ ।

आँखा पाक्ने रोगको जोखिमलाई मध्यनजर गरी महानगरका साढे ४ सय विद्यालय बन्द गरिएको पोखरा महानगरले जनाएको छ ।

हिमालय आँखा अस्पतालमा गत आइतबारमात्रै एक हजारको हाराहारीमा आँखा पाक्ने रोग भएका बच्चा बिरामी पुगेका थिए । बच्चामात्रै होइन साविकमा ८ सय हाराहारीमा बिरामी आउने गरेको हिमालय आँखा अस्पतालमा झण्डै दोब्बर बिरामी आउने गरेका छन् ।

आँखा पाक्ने रोगको संक्रमण देशैभरी फैलिएकोमा कास्कीसहितका अन्य जिल्लामा पनि फैलिएको हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर इलिया श्रेष्ठले बताइन् ।

संक्रमण नियन्त्रण गर्ने प्रयास स्वरुप पोखरा महानगरले मणिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पतालबीच निशुल्क आँखा जाँच र औषधी वितरणका लागि सझदारी गरेको छ । पोखरा महागरका मेयर धनराज आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियलका निर्देशक कपिल पोखरेलबीच निःशुल्क आँखा जाँच र औषधी वितरणको समझदारी भएको हो ।

समझदारीअनुसार साउन २६ देखि मसान्तसम्म निशुल्क आँखा जाँच तथा औषधी वितरण गरिनेछ । हिमालय आँखा अस्पतालमा भने टिकट निशुल्क शुल्क लाग्ने छैन ।

यस्तै, तनहुँमा पनि आँखा पाक्ने संक्रमण बढेपछि खैरेनीटार मावि साउन २२ देखि २४ गतेसम्म र पञ्चमुनिदेव मावि साउन १९ देखि २४ सम्म बन्द गरिएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ