२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीका संक्रामक तथा सरुवा रोग अस्पताललाई सर्पदंश उपचार अनुमति

गण्डकीका संक्रामक तथा सरुवा रोग अस्पताललाई सर्पदंश उपचार अनुमति


पोखरा–गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपाचार अनुमति पाएको छ । अस्पतालले आकस्मिक सेवाका रुपमा सर्पदंशको उपचार गर्ने गरेको भए पनि अनुमति भने अहिलेमात्रै पाएको हो । अनुमति पाएसँगै अस्पतालले सर्पदंशका बिरामीको उपचारलाई सहज बनाउँदै लैजाने जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले भने,‘अस्पतालमा पहिले पनि सर्पदंशका बिरामी आउने गरेका थिए । आकस्मिक सेवाका रुपमा उपचार हुने गथ्र्यो । अस्पतालमा आउने संर्पदंशका घटनामध्ये धेरैजसो कम विषालु सर्पले डसेका बिरामी आउने गरेका छन् ।’ उनले सर्पदंशको उपचार जटिल प्रकृतिको उपचार भएको बताए ।

सर्प उद्धारकर्ता वसन्त शेर्पा पहाडी क्षेत्रमा धेरैजसो धामन र हरेउ खालका सर्प भेटिएको बताउँछन् । पछिल्लो समयमा किङ कोब्रा पनि भेटिएका छन् । कोब्रा विषालु सर्प हो । यसले टोकेमा आधाघन्टा भित्र अस्पताल पु¥याउन नसके ज्यानै जाने जोखिम हुन्छ । उनी भन्छन्,‘बजारमा काठ मिलमा देखिएपछि तराईबाट काठ ल्याउँदा आएको अनुमान गरिन्थ्यो ।’

पछिल्लो समयमा सराङकोटमा गुँड बनाएर अण्डा पारेको भेटिएको छ । गुँड नै बनाएको, अण्डा पारेको भेटिएपछि पहाडमा पनि विषालु सर्पको जोखिम बढेको विज्ञहरु बताउँछन् ।

यसअघि पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई मात्रै सर्पदंशको उपचार गर्ने अनुमति थियो । तराई क्षेत्रका मध्यविन्दु अस्पताल र त्रिवेणी प्राथमिक उपचार केन्द्रमा सर्पदंश उपचार गरिन्थ्यो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ