२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजिल्ला अस्पताल लमजुङमा कार्यरत डाक्टरमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ

जिल्ला अस्पताल लमजुङमा कार्यरत डाक्टरमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ


काठमाडौं–जिल्ला अस्पताल लमजुङमा कार्यरत डाक्टरमाथि हातपात गर्ने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै बेसीशहर नगरपालिका ७ का वडा अध्यक्ष ३९ वर्षीय ऋषीराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार राती साढे १० बजे मदिरा सेवन गरी बिरामी लिएर अस्पताल पुगेका बस्नेतले ड्युटीमा रहेका डा. सन्दीप अधिकारी, विष्णु गुरुङ, पुजा श्रेष्ठ, स्मृती चिलुवाल, भिम गुरुङ, कुमारबाबु तिवारी, निर्मला थापा, पार्वती श्रेष्ठ र देवी विकलाई हातपात गरेका थिए ।

वडाध्यक्ष बस्नेत आफन्त बिरामी परेको भन्दै अस्पतालको इमर्जेन्सी वार्डमा पुगेका थिए । ब्लड प्रेसर कम भएको र डेंङ्गीको लक्षण पुष्टि भएका कारण डा. सन्दीप अधिकारीले बिरामीलाई चिकित्सकको निगरानीमा राख्न निर्देशन दिएका थिए ।

बिरामीलाई वार्डमा भर्ना गर्न अस्पतालको नियमानुसार आफन्त जिम्मेवारी व्यक्तिले मन्जुरी नामा लिई हस्ताक्षर गर्नुपर्छ । तर, बस्नेतले सो कार्य नियम विपरित भएको भनी मन्जुरी नामामा हस्ताक्षर गर्न आनाकानी गर्दै चिकित्सक तथा स्वास्इथ्यकर्मीमाथि अश्लील शब्द प्रयोग गरी हातपात गरेको प्रहरीले जनाएको छ ।

सोही क्रममा बस्नेतले नर्सिङ कक्षमा आफ्नो साथमा भएको मोबाइलको झटारो प्रहार प्रहार गरी पुन नर्सिङ कक्षको ढोका फोडेर भित्र प्रवेश गरी डाक्टरको टाउको र छातीमा लाती मुक्का प्रहार गरेको उजुरीमा खुलेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ