२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशयुआरएलको १० औं वार्षिकोत्सवमा प्रा.डा. थापालाई एवार्ड र पत्रकार श्रेष्ठलाई पुरस्कार

युआरएलको १० औं वार्षिकोत्सवमा प्रा.डा. थापालाई एवार्ड र पत्रकार श्रेष्ठलाई पुरस्कार


पोखरा—पोखराको पहिलो ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)द्वारा स्थापित युआरएल लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रा.डा. वुद्धिबहादुर थापा र युआरएल पत्रकारिता पुरस्कार दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिएको छ । शनिबार सम्पन्न युआरएलको १० औं वार्षिकोत्सव समारोहमा एवार्ड र पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थलगायतले एवार्ड तथा पुरस्कार प्रदान गरेका थिए ।

एवार्डबाट सम्मानित भएका प्रा.डा. थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् । नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रा.डा. थापालाई लाइफ टाइम एचिभमेन्ट एवार्डबाट सम्मानित गरिएको छ । एवार्डबाट सम्मानित हुने प्रा.डा. थापा पहिलो व्यक्ति हुन् ।

युआरएल पत्रकारिता पुरस्कार यसअघि प्रादेशिकस्तरको रहेकोमा यसपटक राष्ट्रियस्तरको बनाइएको युआरएलले जनाएको छ । फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रियस्तरको बनाई पुरस्कार राशी ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र कायम गरिएको छ । युआरएल राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्राप्त गर्ने श्रेष्ठ पनि पहिलो व्यक्ति हुन् ।

राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्राप्त गरेका श्रेष्ठ पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ गण्डकीका हाल सल्लाहकार हुन् । लामो समय रेडियो अन्नपूर्णमा आवद्ध श्रेष्ठ हाल एभरेष्ट आवाज र एभरेष्ट आवाज डटकमका प्रधानसम्पादक छन् ।

पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनका लागि प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. नारायण ओझाको संयोजकत्वमा ८ सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको थियो


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ