गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवन पनि निर्माण गरिदैं सुनील सापकोटा शुक्रबार, २०८१ भदौ १४ गते, १०:१९ मा प्रकाशित पोखरा— पोखराको गण्डकी मेडिकल कलेजले ७५० शैय्याको विशिष्टीकृत अस्पताल बनाउने भएको छ । पोखराको रिठेपानीमा बन्ने साढे ७५० शैय्याको अस्पताल बनाउन करिब ३ अर्ब लगानी लाग्ने बताइएको छ । १२ भदौंमा अस्पताल भवनको अस्पतालका अध्यक्ष खुमा अर्यालले शिलान्यास गरेका हुन् । पोखरा नयाँबजारमा बिरामीको चाप बढेपछि साँघुरो भएकाले साढे ४ लाख ५० हजार वर्ग फिटमा क्षेत्रफलमा अस्पताल बनाउन लागिएको हो । अहिले चलिरहेको अस्पताल सिटी अस्पतालका रुपमा रहने डा. रवीन्द्रप्रसाद श्रेष्ठले बताए । यसैगरी, गण्डकी मेडिकल कलेजले पोखरा—२७ छत्रेढुंगामा शैक्षिक कार्यक्रम स्थानान्तरण गर्न १ अर्ब रुपैयाँ लगानीमा शैक्षिक भवनको पनि निर्माण गर्न लागेको छ । १ लाख १४ हजार वर्ग फिट क्षेत्रफलमा बनाइने उक्त भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वि.सं. २०६४ सालमा स्थापित जिएमसीबाट एमबीबीएस/बिडिएसतर्फ करिब साढे ६ सय र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ १ सयभन्दा बढीले पास आउट भइसकेका छन् । एमडी/एमएस तथा एमपिएचतर्फ ५० जना पास आउट भइसकेको मेडिकल कलेजले जनाएको छ । अस्पतालले करिब १२ सय जनालाई रोजगारी प्रदान गरेको छ । गण्डकीका संचालक खुमाले भैरहवामा युनिभर्सल मेडिकल कलेज चलाइरहेका छन् भने नेपालगन्ज मेडिकल कलेजमा उनको लगानी छ । अर्यालले दाङमा पनि अस्पताल बनाइरहेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? TFN ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन