२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाBREAKING: आयोगद्वारा स्नातकोत्तर अध्यापनका लागि पोखरालाई स्वीकृती, कर्णालीको रोकियो

BREAKING: आयोगद्वारा स्नातकोत्तर अध्यापनका लागि पोखरालाई स्वीकृती, कर्णालीको रोकियो


काठमाडौं—चिकित्सा शिक्षा आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रतर्फको स्नातकोत्तर अध्यापनका लागि स्वीकृती दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने स्नातकोत्तर अध्यापनका लागि पुनः थप अध्ययन आवश्यक रहेको भन्दैं रोकिदिएको छ ।

यससँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तर कार्यक्रम सञ्चालनको बाटो खुलेको छ । लामो समयदेखि स्नातकोत्तर पढाउने तयारी गरिएको कर्णालीमा भने आयोगको पछिल्लो निर्णयले अझै केही समय लाग्ने देखिएको छ ।

यसअघि ५ असारमा नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर अध्यापनको स्वीकृतीस“गैं सिट संख्या तोकेको थियो ।

काउन्सिलले कर्णालीले एमडीजीपीतर्फ ३ सिट अध्यापन गराउन अनुमति दिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसुतीमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट पढाउन सिफारिस गरेको थियो ।

सो निर्णयलाई काउन्सिलले नीतिगत स्विकृतीको लागि चिकित्सा शिक्षा आयोगमा पठाएको थियो । काउन्सिलले पठाएको उक्त सिफारिसमाथि निर्णय गर्दै आयोगले पोखरालाई स्नातकोत्तर कार्यक्रम सञ्चालनको स्वीकृती दिएको छ भने कर्णाली पुनः अध्ययनका आवश्यक रहेको भन्दैं रोकेको हो ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ