२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलले तोक्यो त्रिवि अन्तर्गतका मेडिकल कलेजलाई एमबीबीएस र बिडिएसको सिट संख्या

काउन्सिलले तोक्यो त्रिवि अन्तर्गतका मेडिकल कलेजलाई एमबीबीएस र बिडिएसको सिट संख्या


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतका मेडिकल कलेजहरुको आगामी शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ स्नातक तहको एमबीबीएस र बिडिएसका लागि सिट निर्धारण गरेको छ । मंगलबार बसेको काउन्सिलको पूर्ण बैठकले मेडिकल तथा डेन्टल कलेजहरुका लागि सिट निर्धारण गरेको हो ।

निर्धारण गरिएको नयाँ सिटअनुसार तीन वटा मेडिकल कलेजले एमबीबीएसतर्फ १०० सिट पढाउने अनुमति पाएका छन् । १०० सिट पाउनेमा नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेप्लीज आर्मी इन्स्टिच्युट अफ साइन्सेज रहेका छन् । बीडिएसतर्फ पिपुल्स डेन्टल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले ५०÷५० सिट पाएका छन् ।

केही नभएकोलाई ७०, देशकै नम्बर वानलाई ७९ मात्रै
पटक—पटक सञ्चालकहरुको विवादका कारण धरासायी भएको जानकी मेडिकल कलेजले अप्रत्यासित रुपमा ७० सिटमा एमबीबीएस अध्यापन गराउने अनुमति पाएको छ । दुई वर्षअघि शुन्य सिटमा झरेको सो मेडिकल कलेजलाई आइओएमका केहि पदाधिकारीहरुको विशेष रुचीमा अघिल्लो वर्ष एमबीबीएस अध्यापनका लागि ५० सिट र यस वर्ष ७० सिट पु¥याइएको काउन्सिल निकट स्रोतले बताएको छ ।

देशकै उत्कृष्ट फ्याकल्टी, भौतिक पूर्वाधार र बिरामीको चाप रहेको आइओएम अन्तर्गत महाराजगन्ज मेडिकल कलेजलाई भने जम्मा ३ सिट मात्र बढाइएको छ । बैठक बस्नु अघि काउन्सीलका पदाधिकारीहरुले काउन्सीलका पदेन सदस्य समेत रहेका आई.ओ.एमका डिन प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई महाराजगन्ज क्यामपसको लागि कम्तीमा ९० सिट एकेडेमीक काउन्सीलबाट सिफारीस गर्न सुझाव दिएका थिए तर आई.ओ.एमले कम सिट सिफारिस गरेको थियो ।

कलेज
एमबीबीएस बीडिएस
महाराजगन्ज मेडिकल कलेज ७९ २५
गण्डकी मेडिकल कलेज ९५ २५
नेशनल मेडिकल कलेज १००
चितवन मेडिकल कलेज १०० ४५
जानकी मेडिकल कलेज ७०
किष्ट मेडिकल कलेज ९० ४०
नेप्लीज आर्मी इन्स्टिच्युट अफ साइन्सेज १००
पिपुल्स डेन्टल कलेज ५०
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज ९५ ५०

क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ